कुनै बेला निकै चहलपहल हुने कालीकोटको जितेबजार अहिले सुनसान छ । बजारको सिरानमा कर्णाली राजमार्ग, आँगनमा कर्णाली र तिला नदीले उच्च जोखिममा रहेको खाँडाचक्र नगरपालिका–२ मा रहेको जितेबजार थियो कि थिएन भने अनुमान नलगाउने अवस्थामा पुगेको छ ।
भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहनुभएकोे छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उहाँ व्यवसायमा सम्लग्न हुनुभएको हो ।
यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् ।
रुकुमपश्चिमको एक सामुदायिक विद्यालयको प्रवेशद्वारमा विद्यालयकै प्रधानाध्यापक (हेड सर) ले मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्ने गरेको पाइएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रुपमा एक हजार रुपियाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ ।
सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।
जिल्ला सदरमुकामस्थित सिमकोट गाउँपालिकाले सोमबारदेखि अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको छ । नागरिकता प्रमाणपत्रसम्बन्धी प्रक्रियालाई थप व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सिमकोट गाउँपालिकाले वडा–४ बुराउँसेबाट यो सेवा दिन थालेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् नीति सम्मेलन आयोजना गर्ने भएको छ । सो पार्टीको सोमबार बसेको सचिवालयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले जानकारी दिनुभयो ।
सीपयुक्त बनाउँदै संस्कृति संरक्षण, प्रवर्द्धनसहित स्वरोजगार बनाउने उद्देश्यले जिल्लाको म्याग्दे गाउँपालिकाले पञ्जेबाजा तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षणसँगै सीपयुक्त बनाउन पञ्चेबाजा तालिम दिइएको हो ।
छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ । भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य जाँच गर्न थालिएको हो ।
पूर्वाधार विकास समितिको बैठक मङ्गलबार बस्दैछ । आज बिहान सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा वर्षातको पूर्वसन्ध्यामा देशभर रहेको सडक सञ्जाल सहजरुपमा सञ्चालन हुने वातावरण बनाउन मन्त्रालयको पूर्व तयारी सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल हुने छ ।
काठमाडौँ महाननगरपालिकाभित्रका सामुदायिक सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ नामक फोटो प्रदर्शनी सुरु भएको छ । कामपा र नेपाल फोटो फाउन्डेसनको सहकार्यमा विद्यार्थीलाई लक्षित गरी नेपालका पुराना फोटा प्रदर्शनी सुरु गरिएको हो ।
जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई माछाका भुरा निःशुल्क वितरण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा व्यावसायिक माछापालन गर्ने कृषकलाई दुई लाख २१ हजार माछाका भुरा वितरण गरिएको हो ।
अन्नपूर्ण प्रथम हिमालको आधार शिविरदेखि पहिलो पटक म्याराथन दौड प्रतियोगिता सुरु भएको छ । मङ्गलबार बिहानदेखि आधार शिविरमा रहेको पञ्चकुण्ड तालबाट नारच्याङ गाउँसम्म म्याराथन प्रतियोगिता सुरु भएको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।