जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट फरार भएका एक जना कैदी पाल्पाबाट पक्राउ परेका छन् ।
ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका –६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो ।
ताप्लेजुङमा दुई सय ४४ जनाले मतदाता नामावली दर्ता गराएका छन् । मतदाता नामावली खुल्ला भएको असोज १० गतेदेखि आइतबार सम्ममा दुई सय ४४ जनाले नाम दर्ता गराएका हुन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा झाडापखाला प्रभावित क्षेत्र तीन जनामा हैजा पोजेटिभ देखिएको छ ।
किलियन एम्बापेले दुई गोल गरेपछि स्पेनी लिगमा रियल म्याड्रिडले शनिबार राति भ्यालेन्सियालाई ४–० ले पराजित गरेको छ । यस नतिजासँगै रियल म्याड्रिडले शीर्ष स्थानमा आफ्नो अग्रता सात अङ्कले फराकिलो पारेको छ ।
विश्वभरि छरिएर रहेका नेपाली भाषा र साहित्यको क्षेत्रमा साधनारत साहित्यकार, लेखक तथा स्रष्टाले नेपाली भाषा र साहित्य उत्थानका लागि हातेमालो गरेर काम गर्न आग्रह गरेका छन् । शनिबार अमेरिकाको वासिङ्टन डिसीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को ११७ औँ लक्ष्मी जयन्ती तथा पुरस्कार वितरण समारोहमा आयोजित कार्यक्रममा सहभागीले यस्तो आग्रह गरेका हुन् ।
पर्यटकिय क्षेत्रका रुपमा भौतिक संरचना निर्माण गरी अलपत्र अवस्थामा रहेको प्राकृतिक डाडो कस्या टाकुरो क्षेत्रमा नागरिक स्तरबाट सरसफाई गरिएको छ ।
कथाकार दिलीप शाहको लघुकथासङ्ग्रह ‘डाइपर भिसा’ बजारमा आएको छ । अभाव, पीडा, बेथिति, भ्रष्टाचार जस्ता विषयलाई सहज रूपमा चोटिलो पारामा सङ्ग्रहभित्र प्रस्तुत गरिएको छ । यसै गरी माया, प्रेम अभाव, पीडा, गरिबी, विदेशमोह, सन्तानप्रेम र यसका राम्रा र नराम्रा पक्षलाई पुस्तकभित्र समान रूपमा चित्रण गरिएको छ ।
कथाकार माधव सयपत्रीको कथासङ्ग्रह ‘माला’ आइतबारदेखि बजारमा आएको छ । पुस्तकमा २२ वटा कथा समावेश छन् । कथासङ्ग्रहमा सयपत्रीले प्रेम र मानवीय संवेदनालाई समेट्नुभएको छ । मानिसका ढोङ र आडम्बरका मुखौटा च्यात्दै विद्रोहसमेत बोलेका छन् । सरल र सरस शैलीमा लेखिएका सयपत्रीका कथालाई समकालीन नेपाली साहित्यका प्रतिनिधि मान्न सकिन्छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटले आयोजना गरेको ‘यात्रा ट्याटु प्रदर्शनी कला कार्यशाला’ आइतबार सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालमा पनि ट्याटु कलाको पुरानो इतिहास रहेको बताउँदै यस्ता कार्यलाई आगामी दिनमा अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
गुल्मीमा तीन वर्षमा एघार सयभन्दा बढिको सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा तीन वर्षमा एघार सय ३६ जनाले सम्वन्ध विच्छेद भएको पाइएको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७३ पैसा र बिक्रीदर १४२ रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ ।
नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आव २०८२/८३ को साउन, भदौ र असोजमा दुई लाख १० हजार ५१६ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । गत आव २०८१/८२ को सोही अवधिमा एक लाख ७० हजार ६०३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । यस अनुसार चालु आवमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या ३९ हजार ९१३ जनाले बढी हो ।