रमेश विश्वकर्मा
गुल्मी, कात्तिक १७ गते । गुल्मीमा तीन वर्षमा एघार सयभन्दा बढिको सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा तीन वर्षमा एघार सय ३६ जनाले सम्वन्ध विच्छेद भएको पाइएको छ ।
जिल्ला समन्वय समिति गुल्मीको वार्षिक समिक्षामा पालिकाले प्रस्तुत गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा ३८९ जना, २०८०/०८१ मा ३०४ जना र २०८१/०८२ मा ४४३ को सम्बन्ध विच्छेद भएको पाइएको हो ।
यस जिल्लाको रेसुङ्गा नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ५२ जना, २०८०/०८१ मा ४९ जना र २०८१/०८२ मा ३९ जनाको सम्बन्ध विच्छेद भएको छ । मुसिकोट नगरपालिमा आर्थिक वर्ष २०७९/०८० मा ५१ जना, २०८०/०८१ मा ३० जना र २०८१/०८२ मा ५८ जनाको सम्बन्ध विच्छेद भएको छ । कालीगण्डकी गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ५३ जना, २०८०/०८१ मा १३ जना र २०८१/०८२ मा २१ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ ।
सत्यवती गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २० जना, २०८०/०८१ मा ३३ जना र २०८१/०८२ मा २६ को सम्बन्ध विच्छेद भएको छ । चन्द्रकोट गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा १५ जना, २०८०/०८१ मा २० जना र २०८१/०८२ मा ३५ जनाको सम्बन्ध विच्छेद भएको छ । रुरुक्षेत्र गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २० जना, २०८०/०८१ मा १२ जना र २०८१/०८२ मा ३४ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ ।
छत्रकोट गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ५२ जना, २०८०/०८१ मा ३४ जना र २०८१/०८२ मा ३३ जनाको सम्बन्ध विच्छेद भएको छ । गुल्मीदरबार गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३६ जना, २०८०/०८१ मा ३५ जना र २०८१/०८२ मा ५० जनाको सम्बन्ध विच्छेद भएको छ । धुर्कोट गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा १५ जना, २०८०/०८१ मा २० जना र २०८१/०८२ मा ४७ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
इस्मा गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३१ जना, २०८०/०८१ मा २८ जना र २०८१/०८२ मा ४३ जनाको सम्बन्ध विच्छेद भएको छ । मालिका गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २३ जना, २०८०/०८१ मा १७ जना र २०८१/०८२ मा २६ जनाको सम्बन्ध विच्छेद भएको छ । मदाने गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २१ जना, २०८०/०८१ मा १३ जना र २०८१/०८२ मा ३१ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।