सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक दिउँसो दुई बजे बस्ने भएको छ । यसअघि उक्त बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।
बागलुङको ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध कायम गरिएको छ । असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहकार्य गर्नका लागि दुई स्थानीय तहले भगिनी सम्बन्ध कायम गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत अल्बर्टो ए गुआनीले शिष्टाचार भेट गर्नुभएको छ ।
गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने बताउनुभएको छ ।
नेपालमा कमाइको सम्भावना नभएको भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या बढ्दोे छ । गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् ।
भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।
देशमा यस वर्षको मनसुन भित्रिसकेको अवस्थामा सम्भावित यसबाट हुनसक्ने जोखिमबाट सुरक्षित रहन स्थानीय प्रशासनले अनरोध गरेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका –८ धार्की, खन्कालेकमा घर, गोठमा आगलागी हुँदा सुन, नगदसहित ११ लाखभन्दा बढी क्षतिको क्षति भएको छ ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण हुने भएको छ ।
सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा आज हीरक महोत्सव आयोजना गरिएको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
युक्रेन र रुसबिच कैदी आदानप्रदानमा सहमति भएकाे छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढी आइपुग्नु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आजबाट आयोजना गरिरहेको पूर्व लगानी तथा विकास सम्मेलनमा सहभागी हुन उहाँ धनगढी आइपुग्नु भएको हो ।
सप्तरी सदरमुकाम राजविराजको मुख्य सडकमा मङ्गलबार स्थानीय युवाहरूले चक्काजाम गरेका छन् । स्थानीय तह, ठेकेदार तथा प्रशासनको लापरबाहीले समयमा सडक निर्माण हुन नसक्दा सर्वसाधारणले सास्ती व्यहोर्नुपर्ने भन्दै स्थानीय युवाहरू आक्रोशित भएर चक्काजाम गरेका हुन् ।
सल्यानको दोस्रो अग्लो लेकको रूपमा परिचित प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कुमाख लेकसम्म पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ ।
यहाँको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ । उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।