संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताउनुभएको छ ।
संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ ।
राइड सेयरिङलाई वैधानिकता दिने गरी गण्डकी प्रदेश सरकारले कानुनी व्यवस्था गरेपछि यातायात व्यवसायीले देशैभर सार्वजनिक यातायात ठप्प पारेका छन् ।
विभिन्न देशका नागरिकहरूलाई ह्वाटसप र इन्स्टाग्राम मार्फत सम्पर्कमा ल्याई अनलाइन डेटिङ साइटको प्रयोग गरी हारजित हुने तवरले व्यावसायिक रूपमा अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने कार्यमा संलग्न १७ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।
कीर्तिमानी ओलम्पियन धावक वैकुण्ठ मानन्धर सम्मानित हुनुभएको छ ।
सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको नेपाली सेना बाहेक १७ हजार सात सय जनशक्ति परिचालन गर्ने भएको छ ।
मङ्गोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन–एर्डेनले सांसदहरूबीच विश्वास मत गुमाएपछि मङ्गलबार राजीनामा दिनुभएको संसदीय विज्ञप्तिमा बताइएको छ ।
उत्पादनको सम्भाव्यता र बजारको मागलाई बुझेर कृषि कर्ममा लाग्ने हो भने जीविकोपार्जनका लागि विदेसिनु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिनुभएको छ । पोखरा महानगनपालिका–२८ स्याङखुदी टारीका कृषक सूर्यमोहन बास्तोलाले बाँझिएको भिरालो पाखोमा सुरु गरेको मरिच खेतीबाट राम्रो आम्दानी गरेर सबैका लागि अनुकरणीय बन्नुभएको हो ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग फेरि पराजित भएको छ । सोमबार राति भएको खेलमा नेपाली महिला टोली घरेलु टोली थाइल्यान्डसँग २–० गोलले पराजित भयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु आवश्यक रहेको बताउनुभएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।
एकसाताअघिदेखि झापाको विभिन्न ठाँउमा आएको हावाहुरी तथा वर्षाले विद्युतका पोलहरु लडाउने, बङ्ग्याउने र तारहरु लत्रने भएकाे छ । मुख्य सडक तथा अन्य ग्रामिण सडक आसपासका अधिकांश विद्युतका पोलहरु धरापमा परेका छन् ।
वैज्ञानिकहरूले एउटा अप्रत्याशित स्रोतबाट सौर्यमण्डलका धेरै रहस्यमध्ये एक खोलेका छन्ः सोमबार जनताका लागि खुला गरिएको तारामण्डल शो ।
पशु नस्ल सुधार कार्यक्रम अन्र्तगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले ४९ वटा पाडी बाच्छी हुर्काए बापत जिल्लाका ३७ जना किसानलाई प्रोत्साहन रकम प्रदान गरेको हो। प्रोत्साहन रकम पाएपछि किसान खुसी भएका छन्।
मोरक्कोमा सम्पन्न विश्व कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेर स्वदेश फर्किनुभएकी नेपालकी कराते स्टार एरिका गुरुङलाई भव्य स्वागत गरिएको छ ।