पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समुन्नत राष्ट्र निर्माणका लागि महत्वपूर्ण आधार भएकाले सामुदायिक विद्यालयलाई थप सशक्त बनाउन सबै तहका सरकार, नीति निर्माता, स्थानीय समुदाय र सरोकारवाला बिच समन्वय एवम् सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
जुम्लाका किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गरिने भएको छ ।
लहान नगरपालिका–२० स्थित मलहन्वाकी चन्द्रमाला सिंह २०४७ सालदेखि महिला स्वास्थ्य स्यवंसेविकाको भूमिकामा हुनुहुन्छ । गर्भवतीलाई नियमित स्वास्थ्य परीक्षण गराउन सचेत गराउने उहाँको मुख्य जिम्मेवारी हो ।
'प्रहरी मेरो साथी' भन्ने नेपाल प्रहरीको नारालाई ग्रामिण क्षेत्रमा पुर्याउन सुरु गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालीकोटका विभिन्न ठाउँमा रहेका प्रहरी चौकीले नागरिकलाई कानुनका विषयमा जानकारी गर्ने अभियान थालेका छन् ।
सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मङ्गलबार दिउँसो दुई बजे बस्ने भनिएको बैठक बुधबार दिउँसो १ बजेका लागि सरेको हो।
पाटनको मङ्गहिटीसँगै रहेको परम्परागत पाटीमा समय बिताउँदै स्थानीय ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पर्यटक आकर्षित गर्न प्रचारप्रसार आवश्यक रहेको बताउनुभएको छ
प्रधानमन्त्री केपी शर्मा ओलीले ७५ वर्ष पहिला भएको अन्नपूर्णको सफल आरोहणले नेपाललाई विश्वभर चिनाएको बताउनुभएको छ । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार आयोजित अन्नपूर्ण हीरक महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
आज जुन ३ अर्थात् जेठ २० गते अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणको ७५ वर्ष पूरा भएको छ। ७५ वर्ष अघि आजकै दिन आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णमा पहिलोपटक मानव पाइला परेको थियो। त्यसैले अन्नपूर्णलाई जेठो हिमाल पनि भनेर भनिन्छ।
मकवानपुरको हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख मार्ग कान्ती लोकपथ चार दिनका लागि बन्द हुने भएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरङ्गियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको ज्यान गएको छ । स्थानीय रामकिशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा चराउन लगेका भैँसीको मृत्यु भएको थियो ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले ५० शय्याको अनुमति भए पनि १४४ शय्या सञ्चालन गरिरहेको छ । विक्रम संवत् २०६५ मा अस्पतालले ५० शय्याको अनुमति पाएको हो ।
नेपाल भ्रमणमा रहनुभएका नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रासमस अविल्डगार्ड क्रिस्टेनले आज राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको भ्रमण गरी राससद्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अभिरुचिपूर्वक अवलोकन गर्नुभएकाे छ ।
प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ कार्यान्वयनका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सरकार र यातायात व्यवसायी महासङ्घबिच सोमबार राति ७ बुँदे सहमति भई यातायात सञ्चालन हुने भनिए पनि मङ्गलबार बर्दियामा यातायात सञ्चलन नुहँदा यात्रुहरू सङ्कटमा परेका छन् ।