राधा लुइटेल
फिदिम, कात्तिक १७ गते । पाँचथरको हिलिहाङ गाउँपालिका १ फेदापका ६९ वर्षीय युवराज राई मृत अवस्थामा भेटिनुभएको छ । राईको शव स्थानीयले घरदेखि ५ मिटर दूरीमा रहेको करेसाबारीमा मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए ।
राईको शरीरमा चोट पटक लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले जानकारी दिनुभयो । उहाँलाई आफ्नै छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको कर्णले बताउनुभयो ।
घटनाबारे जानकारी पाए लगत्तै खटेको प्रहरी टोलीले सन्देशलाई पक्राउ गर्नका साथै मृतकको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार बाबुसँगै बसेर रक्सी पिएका राईले सामान्य विवादमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरी अनुसन्धानले देखाएको छ ।