धादिङबेँसी समाचारदाता
धादिङबेँसी, कात्तिक १७ गते । धादिङको गङ्गाजमुना झरनाको धार्मिक, सांस्कृतिक र प्राकृतिक महìव बढ्दै गएपछि पर्यटकको भिड लाग्न थालेको छ । गङ्गाजमुना गाउँपालिकामा रहेको गङ्गाजमुना झरनामा हरेक वर्ष कात्तिक शुक्ल दशमीका दिन भव्य मेला लाग्ने गरेको छ । मेलामा भक्तजनको भिड लाग्ने भएपछि स्थानीय सरकारले व्यवस्थापनको तयारी गरेको छ । यस वर्षको मेला कात्तिक १४ गते विशेष कार्यव्रmमसहित आयोजना हुने भएको छ । मेलामा विभिन्न स्थानबाट झाँक्रीनाच, लामानाच, चौरी घोडेनाच, लाखे, टाकटुके, पन्चैबाजा, मारुनीनाच, भजनकीर्तनलगायत सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्ने तयारी गरेको हो । हरिबोधनी एकादशीको अघिल्लो रात भक्तजन जाग्राम बस्ने र भोलिपल्ट बिहानै नजिकैको महादेव मन्दिरमा बत्ती बाल्ने, फूलको डोली तार्ने, गाईको दुध चढाउने र परेवा उडाउने परम्परा रहेको छ ।
गङ्गा र जमुना नामका दुई झरना यस स्थलका प्रमुख आकर्षण हुन् । त्यहाँ अवस्थित ‘कुकुरधारा’ नामको धारामा स्नान गरेमा कुकुरले टोकेको घाउ वा चोटपटक निको हुने जनविश्वास रहँदै आएको छ । यस झरनाको जल र आसपासमा पाइने जडीबुटीमा रेबिज जस्ता रोग निको पार्ने शक्ति भएको स्थानीयको भनाइ छ ।
धादिङ, गोरखा, नुवाकोट, रसुवा, चितवन, काठमाडौँलगायतका स्थानबाट हरेक वर्ष हजारौँ भक्तजन गङ्गाजमुनामाईको दर्शन गरेर मेलामा सहभागी हुन आउने गरेका छन् । गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले मेलाका अवसरमा भक्तजनको सुविधा र सुरक्षाका लागि विशेष तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर, गुम्बा, सिँढी, साना पार्क, रेस्टुरेन्ट, सभा हल निर्माण तथा बाटो सुधारका काम सम्पन्न भइसकेका छन् । अध्यक्ष लामाले भन्नुभयोे, “गङ्गाजमुना क्षेत्रको दीर्घकालीन विकासका लागि ‘गङ्गाजमुना विकास कोष’ निर्माण गरिएको छ र यसको संरक्षण गर्न आगामी दिनमा थप पहल गरिने छ ।”
गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष कुमारबहादुर अधिकारीका अनुसार, हिउँदको समयमा सुक्ने गङ्गाजमुना झरनालाई वर्षभर प्रवाहित राख्ने र पिउने पानीको समेत उपयोग गर्न सकिने उद्देश्यले प्रदेश सरकारको बजेटबाट करिब ६५ लाख रुपियाँको योजना अघि बढाइएको छ । यो मेला केवल धार्मिक पर्व मात्र नभई सांस्कृतिक र पर्यटन प्रवर्धनका दृष्टिले पनि महìवपूर्ण मानिन्छ । गङ्गाजमुना झरना गणेश पर्वत, रहस्यमयी जुम्ल्याहा झरना, पत्थरकुण्ड र प्रसिद्ध कुकुर धाराका कारण चर्चित छ । नेपाल सरकारले विसं २०७७ मै यस स्थललाई पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरिसकेको छ ।