इनरुवा, जेठ १९ गते । सुनसरीको इनरुवामा दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उद्घाटन भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन सुनसरीको आयोजनामा सुरु भएको दुई दिवसीय अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको सोमबार कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाचकर्ण राईले उद्घाटन गर्नुभएको हो ।कुस्तीको उद्घाटन गर्नुहुँदै मन्त्री राईले खेलकुदले देश विदेशमा आपसी सदभाव जोड्ने र शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पनि उपयोगी रहेको बताउनुभयो । उहाँले कुस्तीबाट मनोरञ्जन समेत हुने र लोपोन्मुख अवस्थामा पुगेको कुस्तीको खेल नयाँ पुस्तालाई देखाउन समेत सार्थक भएको बताउनुभयो । सोमबार उद्घाटन भएको कुस्तीमा नेपाल र भारतका गरी ४४ कुस्ती खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । जेठ २० गते मङ्गलवारसम्म हुने दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्तीमा भारतबाट जावेद गनी(कश्मीर), हरीओम बाबा (बनारस ),लाडी बाबा (हरीद्वार ),फकिर बाबा,सैतान सिंह बङ्गाल,बाहुवली पन्जाब टिम सहित भारतीय खेलाडी र पारस थापा,वसन्त थापा,सदिप राना, मेवा थापा लगायतका चर्चित खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सुनसरी बहुमुखी क्याम्पस इनरुवा ४ को खेल मैदानमा सुरु भएको खेलको पहिलो दिन १० टिममा २० खेलाडीले प्रतिस्पर्धा गरेका छन् । आयोजक नेपाल निजामती कर्मचारी सङ्गठन सुनसरीका अध्यक्ष चिनेश्वर मेहताको अध्यक्षतामा कुस्ती सुरु भएको सङ्गठनका सचिव उमेश गौतमले जानकारी दिनुभयो ।
काठमाडौँ, जेठ १९ गते । नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गएिको छ । चरासम्बन्धी सर्वेक्षणका क्रममा शनिबार रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा उक्त चरा अभिलेख भएको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ ।सङ्घका परियोजना अधिकृत देउबहादुर रानाका अनुसार यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण भारतमा मात्र पाइन्छ । बुटवल–दाङ विद्युत् प्रसारण लाइनको सर्वेक्षणका क्रममा सङ्घका परियोजना अधिकृत देउबहादुर राना र अमृत नेपालीले चराहरूको अवलोकन गर्नुभएको थियो । सोही क्रममा एक अनौठो नीलो रङको चरा देखिएपछि सुरुमा यो चरा नेपालमा सामान्य पाइने ‘ब्लु हिस्टिलिङ थ्रस’ हो भन्ने अनुमान गरिएको थियो । पछि तस्बिर हरेर विस्तृत अध्ययन र विवरण तुलना गर्दा फरक विशेषताहरू यकिन भएपछि ‘मलबर हिस्टिलिङ’ चराको पहिचान पुष्टि भएको सङ्घले जनाएको छ । यससँगै उक्त प्रजातिको चरा नेपालमा पहिलो पटक आधिकारिक अभिलेख भएको छ ।
जुम्लाको तिला गाउँपालिकामा दुई जना वडाध्यक्षमाथि आक्रमण भएको छ। तिला गाउँपालिका ५ का वडाध्यक्ष ललितबहादुर शाही माथि आइतबार चक्कु प्रहार भएको छ भने सोही गाउँपालिका ३ का वडाध्यक्ष धनबहादुर शाहीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।
नेकपा (माओवादी केन्द्र) को संसदीय दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले तीन करोड जनता र युवाहरूको प्रतिनिधित्व गरेर जाने भएकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रको शिर उँचो हुने तवरबाट उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले प्रतिकूल परिस्थितिमा अनुशासित बजेट ल्याएको बताउनुभएको छ ।
पृथ्वीनारायण शाहको नेतृत्वमा अंग्रेजसँग भएको ऐतिहासिक सिन्धुलीगढी युद्धको विषयमा चैतन्य प्रधानद्वारा लिखित ऐतिहासिक उपन्यास ‘सिन्धुलीगढी युद्ध’ पुस्तकको विमोचन गरिएको छ ।
रक्षामन्त्री मानवीर राईले नेपाल–भारत संयुक्त कञ्चनजङ्घा हिमाल आरोहणमार्फत दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को बोर्ड बैठक र नेपाल हेरिटेज रनको तयारी पूरा भएको छ ।
काठमाडौँ, जेठ १९ गते । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपालले गरेको विपद् पूर्वतयारीबारे आज जानकारी लिँदै उहाँले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो,“विपद् व्यवस्थापनको जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकिएको छ, त्यसैले आजैदेखि मनसुनजन्य विपद्को तयारीमा लाग्नुहोस् । पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनुस् । जोखिमयुक्त बस्तीमा समयमा सूचना दिने र विपद्पश्चात् तत्काल उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याउने अवस्था बनाउने गरी तयारी गर्न आवश्यक छ ।”गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाउँदै राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र [एनइओसी]को एउटा शाखा राख्नसमेत आग्रह गर्नुभयो । “यस्तो शाखामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुप¥यो । कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ । यसले विपद् व्यवस्थापनमा छिटो काम गर्न मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।गृहमन्त्री लेखकले यस वर्ष विगतमा भन्दा बढी मनसुन हुने अनुमान गरिएकाले सोहीअनुसार तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो । बढी जोखिम देखिएका ठाउँमा राति गाडी चलाउन रोक्ने कुरालाई पनि गम्भीरतापूर्वक लागू गर्नुपर्ने उहाँको भनाइ थियो । “कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, कुनै पनि ठाउँमा हाम्रो कमजोरी भयो भन्ने अवस्था आउनुभएन । चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्यो”, उहाँले भन्नुभयो ।छलफलमा सशस्त्र प्रहरीले विपद्को पूर्वतयारीबारे विस्तृत जानकारी दिइएको थियो । विद्युतीय माध्यमबाट सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिहरूले समेत आ–आफ्नो क्षेत्रको अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो ।
खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताउनु भएको छ । कामको प्रगति हेरेर काम नगर्नेलाई तत्काल कानुनी कारबाही सुरु गर्ने बताउनुभयो ।
प्रथम डिप्लोम्याटिक कप फुटसलको उपाधि अमेरिकन राजदूतावासले जितेको छ ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का पदाधिकारी तथा सदस्यहरुले नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँग भेट गरी महासंघको संस्थापक विषयलाई चाँडो टुङ्गो लगाउन पुनः ध्यानाकर्षण गराएको छ ।
'खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।
हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ ।