नेपाल राष्ट्र बैँकका गभर्नर डा विश्वनाथ पौडेलले बैँक तथा वित्तीय संस्थाहरूको कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठुलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताउनुभएको छ ।
भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउनुहुन्छ । महाकालीबाट माछा मारेर बिक्री गरी उहाँको परिवारको जीविका चलेको छ । डेढ दशकदेखि राईले महाकाली नदीमा माछा मार्दै आउनुभएको छ ।
स्वर्गीय राजा वीरेन्द्रको २४ औँ स्मृति सभा सम्पन्न भएको छ ।
कैलालीमा सुतिरहेको गोठमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
अहमदिया सङ्घ नेपालले मोरङको धनपाल गाउँपालिका–६, सौरगाछीमा अग्नि पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।
ताप्लेजुङमा आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सुरु भएको छ ।
पाँचखाल नगरमा सञ्चालित बृहत् पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यही जेठ मसान्तभित्र पाँचखालका छ हजार परिवारको साढे ३१ हजार नागरिकले घरघरमा स्वच्छ पिउने पानी पाउने आयोजनाले जनाएको छ ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटार विमानस्थल र आसपासको क्षेत्र ।
सशस्त्र प्रहरी बल नम्बर एक गुल्म हेडक्वार्टर कञ्चनजङ्घाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गुल्मको परिसरभित्र निर्मित सिनियर अधिकृतको मेश तथा गुल्मपति कार्यकक्षको उद्घाटन गरिएको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता हुनुभएको छ । उहाँ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो ।
लमजुङमा गत वर्षको तुलानामा यस वर्ष व्यावसायिक दुध उत्पादनमा वृद्धि भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा शिक्षक साटासाट कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
सप्तरीको किसानलाई चैते धान भित्र्याउन चटारो छ । यहाँका किसान एक हप्ता यता चैते धान भित्र्याउन व्यस्त देखिएका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा लाग्ने गङ्गा दसहरा मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले पालिकाभरि स्थानीय सार्वजनिक बिदा दिएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) मिसन प्रमुख सरवत जहानबिच शिष्टाचार भेटवार्ता भएको छ ।