• १६ कात्तिक २०८२, आइतबार

झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी, नमुना सङ्कलन गरिँदै

blog

झाडापखाला प्रभावितको घरमा स्वास्थ्यकर्मी पुगेर जाँचका लागि पखाला कलेक्सन गरिर्दै । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी, कात्तिक १६ गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहरी टोलमा झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुगेका छन् । प्रभावित क्षेत्रमा पुगेका स्वास्थ्यकर्मीको टोलीले अहिले घर घरमा पुगेर नमुना सङ्कलन गरिरहेका छन् ।

पखालाको नमुना सङ्कलन गरेर जाँचका लागि पठाउने कार्य भइरहेको कोचाबखारी स्वास्थ्य चौकी लोखरमका प्रमुख आलोक रन्जन झाले बताउनुभयो । उहाँले पखालाको नमुना सङ्कलनपछि यसबारे थप उपचार अगाडि बढाउने बताउनुभएको छ ।

लोखरमको मुसहर बस्तीमा झाडापखाला लागेर एकै परिवारको तीन जनाको मृत्यु भएको छ । अहिले त्यहाँका १५ जनाको पखालाको नमुना सङ्कलन गरिएको प्रमुख झाले बताउनुभयो  ।