• १७ कात्तिक २०८२, सोमबार

हर्मित सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध

blog

हर्मित सिंह ।

काठमाडौँ, कात्तिक १६ गते । सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मित सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

यससँगै हर्मितले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने पक्का भएको छ । गत सिजन उहाँले पाँच खेलमा आठ विकेट लिनुभएको थियो । उहाँ पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी पनि हुनुहुन्छ । 

आफ्नो अनुबन्धमा खुशी व्यक्त गर्दै हर्मित भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।’

३२ वर्षीय हर्मित बाँयाहाते बलर हुनुहुन्छ । उहाँ बाँयाहातले ब्याटिङ पनि गर्नुहुन्छ । अमेरिकाका लागि उहाँले २१ एकदिवसीय खेलमा ३१ विकेट लिनुभएको छ । 

भने ३२५ रन बनाउनुभएको छ । उहाँ सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य पनि हुनुहुन्थ्यो । उहाँले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सका लागिसमेत खेल्नुभएको छ ।