शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), कात्तिक १६ गते । गुल्मीको मदन भण्डारी राजमार्गअन्तर्गत इस्मा गाउँपालिका–१ को भराहा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तम्घास– सिमलटारी सडक खण्डमा झरनाबाट तम्घासतर्फ आउँदै गरेको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडाका मोहनसिंह बस्नेतको लु ५६ प ८४२६ नं.को २०० सि.सि. मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका सरोज बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते बस्नेतलाई गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको सारुले बताउनुभयो ।