मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो ।
बागलुङमा निर्वाचनको तयारी अनुसार मतदाता नामावली सङ्कलन भइरहेको छ । आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बागलुङ तयारीमा जुटेको छ ।
गुल्मीका स्थानीय तहका न्यायिक समितिमा एक वर्षमा एक सयभन्दा बढी उजुरी दर्ता भएका छन्।
चालु आवको तीन महिनामा वीरगन्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरू आयात भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु गरेका छन् ।
सानो उपत्यका, रानी ताल, नागबेली पार्क, काली झरना । यो धनकुटाको चौबिसे गाउँपालिका वडा ६ स्थित राजारानीको पर्यटकीय पहिचान हो । अब यो पहिचानमा अर्को स्थान थपिने क्रममा छ त्यो हो राजा ताल ।
गोरखा जिल्लामा नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक स्थल नमोबुद्धमा ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै नमोबुद्ध जात्रा सम्पन्न गरेका छन् । मङ्गलबारदेखि सुरु भएको जात्रा आज बिहान ‘पितृ’ का नाममा दीप प्रज्वलन गर्दै सम्पन्न भएको हो ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग आज यहाँ छलफल गर्नुभएको छ ।
यस वर्ष किसानको उत्पादन बढेको बेला कोटा घटाएर धान खरिद गरिरहेको खाद्यले जिल्लाको छ वटा स्थानबाट धान खरिद गरेको हो ।
राजनीतिक दलहरूले तयारीमा सक्रियता देखाइरहेका बेला आम नागरिकहरू भने आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्न व्यस्त भएका छन् ।
सखुवानन्कारकटि वडा नम्बर ३ शान्तिनगर बजारको १२ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्तिक मेला माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ र सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न भएको हो ।
स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।
हालैको बेमौसमी वर्षाले गुल्मीमा रु पाँच करोडको धानबाली नष्ट भएको छ । जिल्लामा यस वर्ष सात हजार ९८८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा २२ हजार हजार ९०९ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको थियो ।
मोबाइल सम्पर्क नभएपछि दुई घण्टा पैदल हिँडेर अग्लो डाँडामा पुगेको फोन सम्पर्क गर्नुपरेको हो ।