तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई बाख्रा वितरण गरेको छ । एकल महिलाको आयआर्जनमा थप टेवा पुर्याउने उद्धेश्यले वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठ र पुरुषमा केन्याका धावक जुलियस म्युरुकीले जित्नुभएको छ ।
गुल्मीमा विपद्का घटनाबाट दुई करोडभन्दा बढीको क्षति भएको पाइएको छ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभएको छ । सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् ।
बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीका कृषकलाई गोलासहित मौरीको घार वितरण गरिएको छ ।
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका जिल्लाको गौरीशङ्कर गाउँपालिका ४ डेपुङ भन्ने स्थानमा बोलेरो दुर्घटना भएको थियो ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको डिजिटलाइजेसन आवश्यक रहेको बताउनुभएको छ ।
सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ ।
निरन्तरको ट्राफिक सचेतना कार्यक्रमको महोत्तरीमा सकारात्मक प्रभाव देखिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध सञ्चालन गरिएका सचेतना कार्यक्रमको सकारात्मक प्रभाव बढेको हो ।
सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हँुदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्रयाक तीव्र गतिमा खोल्न थालेको छ । करिब १७ किलोमिटर लामो सडक पूर्व–पश्चिम राजमार्गदेखि चुरे पहाड हुँदै गाईघाट पुग्ने छ ।
झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफँै कखरा सिक्दै हुनुहुन्छ ।
मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो ।
स्तरवृद्धिको काम छिटो सक्न भन्दै राप्ती लोकमार्ग आठ दिनका लागि बन्द गरिने भएको छ । लोकमार्गअन्तर्गत राम्री–कपुरकोट सडकको स्तरोन्नति कार्य सञ्चालन हुने भएकाले आइतबारदेखि आगामी असार १ गतेसम्म सवारीसाधनको आवागमन बन्द गरिने भएको हो ।
म्यानमारको सत्तारूढ सैनिक सरकार (जुन्टा) ले राष्ट्रसङ्घ अन्तर्गतको श्रम संस्था (अन्तर्राष्ट्रिय श्रम सङ्ठन) ले पारित गरेको श्रम अधिकारसम्बन्धी प्रस्तावलाई शनिबार खारेज गरेको छ । उसले उक्त प्रस्तावलाई ‘राजनीतिक उद्देश्यले प्रेरित’ भएको आरोप लगाएको छ ।
झिमरुक गाउँपालिकाले पालिकाभित्र रहेका खानेपानी आयोजनाको खानेपानी गुणस्तर नमुना परीक्षण गरेको छ । पालिका भित्रका ७३ वटा आयोजनाको खानेपानीको गुणस्तर नमुना परीक्षण गरिएको हो ।