गुल्मीको सदरमुकाम तम्घासस्थित किरण पुस्तकालयद्वारा प्रकाशित हाम्रो पुरुषार्थ को सम्पूर्णाङ्क १०५ भारतीय नेपाली साहित्य र साहित्यकार विशेषाङ्क लोकार्पण गरिएको छ।
कुनै बेला पहाडका घरैपिच्छे आँगनमा हलगोरु बाँधिएका हुन्थे ।
जुम्लाका किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण सुरु भएको छ ।
जाजरकोटको शिवालय गाउँपालिकाले चिया खेती विस्तार गरेको छ । शिवालय गाउँपालिका अन्तर्गत कृषि विकास शाखाले माटो परीक्षण गरी वडा नं २, ४ र ५ का लेकाली भेगमा चिया खेतीको सम्भावना देखेपछि विस्तार गरेको हो ।
बाँदर तथा अन्य जङ्गली जनावरले अन्य बालीको तुलनामा अदुवामा क्षति नगर्ने भएपछि हिलेका स्थानीय अदुवा खेतीतर्फ लागेका छन् ।
बढ्दै गरेको गर्मीमा हरियाली दृश्य र शीतलताले जोकोहीलाई पनि लोभ्याउने ठाउँ हो, बङ्गलाचुली पार्क । दाङको बङ्गलाचुली गाउँपालिका–५ र प्युठानको माण्डवी गाउँपालिका–२ को सीमा क्षेत्रमा पर्ने बङ्गलाचुली पार्क पछिल्लो समय सबैको रोजाइमा पर्ने गरेको छ ।
होटेल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले एनआइएमबी एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रले उठाउँदै आएको नीतिगत स्थिरतालाई प्राथमिकता दिनु स्वागतयोग्य भनेको छ । बजेटउपर शनिबार लिखित रूपमा औपचारिक प्रतिक्रिया जनाउँदै महासङ्घले आर्थिक सुधारकेन्द्रित सुझाव स्वीकार गरेको पाइएकाले त्यसको कार्यान्वयनलाई पनि प्रभावकारी बनाउन महासङ्घले आग्रह गरेको छ ।
मुलुक अन्डा र मासुमा पूर्ण रूपमा आत्मनिर्भर भए पनि दुधमा अझै आत्मनिर्भर हुन नसकेको तथ्याङ्कले देखाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार मुलुकमा माग अनुसार उत्पादन हुँदा अन्डा र मासुमा आत्मनिर्भर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय एमाले पार्टीप्रति भ्रम छर्ने कोशिस भइरहेको बताउनुभएको छ ।
घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते हुनुभएका ढोरपाटन नगरपालिका वडा नं. ४ भाँगीका रामबहादुर पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारको लागि काडमाडौं पठाइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विराटनगस्थित हुलाक निर्देशनालयका साथै नेपाल टेलिकममको प्रादेशिक कार्यालयको अनुगमन निरीक्षण गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
वि.सं. १५५० सालमा स्थापना भएको तत्कालीन चौबिसी इस्मा राज्यको ऐतिहासिक इस्माकोत दरवार । जसलाई अहिले पुनरनिर्माण गरिएको छ । तस्बिरः टोपलाल अर्याल