• २० कात्तिक २०८२, बिहिबार

नेपाली सेनाद्वारा मुलुङबाट सम्पर्कविहिन भएका दुईकाे उद्धार

blog

डोल्पा, कात्तिक २० गते । डोल्पाको भ्रमण पश्चात मुस्ताङतर्फ फर्कदै गर्दा छार्काताङ्सोङ गाउँपालिका-१, मुलुङबाट सम्पर्कविहिन भएकाहरूकाे उद्धार गरिएकाे छ ।

कात्तिक १६ गतेबाट अचानक सम्पर्कविहिन भएका पर्वत जिल्ला, जलजला गाउँपालिका-३, माझफाँट स्थायी घर भएका दुई जनाको नेपाली सेनाको इन्द्रबक्स गणको टोलीले हवाइसाधनबाट आज उद्धार गरेकाे हाे ।

नेपाली सेनाले मुस्ताङ जिल्ला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५, भेरोल इलाकाबाट उहाँहरूलाई सकुशल उद्धार गरी जोमसोमस्थित पुथाङ विमानस्थालमा आफन्तलाई बुझाइएको छ ।