अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा फिफा फुटबल फर स्कुल्स कार्यक्रम अन्तर्गत बिहीबार नवलपुरका २१ वटा विद्यालयलाई फुटबल हस्तान्तरण गरिएको छ ।
काठेखोला गाउँपालिका–२, भीमापोखरामा स्थानीयले गाईभैँसीलाई पानी खुवाउन र जलस्रोत संरक्षणका लागि निर्माण गरेको पोखरी । जहाँ भैँसीहरू पानीमा रमाउँदैगरेका छन् ।
सिमकोट विमानस्थल विस्तार र जग्गा अधिग्रहण अगाडि बढाउने कार्य अन्यौलमा परेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले जिल्लामा कात्तिक २३ गते आइतबारबाट धान खरिद गर्ने जनाएको छ ।
स्वास्थ्य बिमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरही खोला किनारमा तटबन्ध निर्माण कार्य सुरु गर्न जोखिम क्षेत्र पहिचान गरिएको छ । झरही पुलदेखि सन्डासम्म खोला किनारमा बाढी नियन्त्रण र करिडोर समेत निर्माण गर्नेगरी नगरपालिकाले काम गर्ने योजना बनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज यहाँबाट स्वदेश प्रस्थान गर्नुभएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार बिहान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गर्नुभएको छ।
नगदे बालीको रूपमा रहेको तोरी किसानको बारीभरि फुलेको छ । मकै स्याहारेपछि तोरी छरेका किसानको बारी यतिबेला पहेँलै बनेका छन् । केही दिनअघि परेको पानीले तोरी बालीलाई फाइदा पुगेको किसानको भनाइ छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समयमा केन्द्रिय कारागार काठमाडौँबाट भागेका एक जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको छ ।
भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राजनीतिक ‘लोकप्रियताको परीक्षा’ का रूपमा हेरिएको छ ।
मध्य फिलिपिन्समा आएको विनाशकारी टाइफुन ‘कलमेगी’ ले कम्तीमा १४० जनाको ज्यान लिएको छ भने १२७ जना अझै बेपत्ता रहेको पुष्टि गरिएको छ । देशका विभिन्न भागमा आएको अभूतपूर्व बाढी र भूस्खलनका कारण ठूलो जनधनको क्षति भएको छ ।
मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुतही जस्ता माछा प्रजातिका जलचर पाइन छाडेका छन् ।
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको छ । ‘एडभोकेसी’ फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेशले संयुक्त रूपमा गरेको अनुगमनमा जेनजी प्रदर्शनपछि बाँके कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको हो ।
भेडाहरु सात महिनापछि लेकबाट बेँसी झारेपछि कोटिलाका बेँसी क्षेत्रहरुमा गोठाला र बस्तुभाउको चलहपल बढेको छ ।