कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका उम्मेदवार शनिबार बोगोटामा भएको चुनावी कार्यक्रममा गोली लागेपछि गहन उपचार कक्षमा रहेको अधिकारीहरूले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण, नाप नक्सांकन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको छ।
गण्डकी प्रदेशको ११ वटै जिल्लामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अभियान आइतबारदेखि सुरु भएको छ । अभियानको सुरुवात पोखरामा आयोजित एक समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो ।
चार दिनदेखि पूर्ण रूपमा बन्द रहेको हेटौँडा काठमाडौँ जोड्ने कान्ती लोकपथ आइतबारदेखि खुलेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका –८ र ललितपुरको बागमती गाउँपालिका –२ बगुवा बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम गए राति सकिएकाले आइतबार विहान साढे १० बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल खेल पर्यटनका लागि उर्वर भूमि भएको बताउनुभएको छ । विश्व म्याराथनको साझा संस्था एसाेसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का पदाधिकारीहरूसँग आज शीतल निवासमा भएको भेटमा उहाँले उक्त कुरा बताउनुभएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका अग्निपीडितलाई ४० लाख सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज भएकोे प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
उत्तर-दक्षिण जोड्ने कालीगण्डकी काेरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि रु सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा रु छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ ।
सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विसं. २०१६ कात्तिक १९ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलासमा जन्मनुभएका पूर्वपरराष्ट्रमन्त्री डा. महत २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत सङ्ग्रहमा सक्रिय भूमिकामा हुनुहुन्थ्यो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँ २०५९ सालदेखि निरन्तर पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ ।
शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा ५ ले घटेको छ ।
सप्तरीको रूपनी गाउँपालिका वडा नं ६ तेरहौताकी कौशलादेवी चौधरी आफ्नै घरबाट लुटिएकी छिन् । घरमा सुतिरहेको बेला उनी आइतबार बिहान करिब २ बजे लुटिएकी हुन् ।
मुगुको रारामा पहिलो पटक १९ औँ ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । राराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित जेठ २६ र २७ गते दुर्गम जिल्लामा ऐतिहासिक सम्मेलन हुन लागेको हो ।
बन्दीपुर आफैँमा एक सुन्दर पहाडी बस्ती, बन्दीपुरको मुटु बन्दीपुर बजारको पूर्व कुनामा त्यस क्षेत्रकै प्रसिद्ध देवी विन्ध्यवासिनीको मन्दिर छ । त्यही मन्दिर रहेको भगवती चोकमै अर्को दुईतलेको ज्ञान र विज्ञानको देवीको
इस्मा गाउँपालिका–६ अमरपुरको बुल्मका ९० वर्षीय दल बहादुर कुमाल माटाका भाँडा बनाउने पुरानो कालिगड हुनुहुन्छ । त्यो उमेर र जोसमा डोकाभरी माटाका भाँडा बोकेर हप्ता दिन डुल्न सकिन्थ्यो । तत्कालीन समयमा दुई दिन हिँडेर भार्से पुगेपछि डोकाभरिका भाँडा बेच्दा रुप्पे पैसा पर्ने दल बहादुरले स्मरण गर्नुभयो । गाउँ भरी आरी, हाँडी, सुल्फा, घैँटा, पैनी, चिलिम लगायतका सामग्री बिक्थे ।
चितवनको भरतपुरमा पशुपक्षीका लागि विशिष्टीकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माण भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लगानीमा आधुनिक भेटेरिनरी अस्पता