काठमाडौँ, कात्तिक २० गते । नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घको नयाँ अध्यक्षको जिम्मेवारी निरोज मास्केले पाउनुभएको छ ।
सङ्घको काठमाडौँमा भएको विस्तारित बैठकले मास्केलाई अध्यक्षको रुपमा जिम्मेवारी दिने निर्णय गरेको हो । मास्केले यसअघि सङ्घको कोषाध्यक्ष पदमा रहेर काम गर्नु भएको थियो ।
संघका कार्यवहाक अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको विस्तारित बैठकले नेपाल भलिबल सङ्घको निर्वतमान उपाध्यक्ष निरोज मास्केलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकले रिक्त रहेको अध्यक्ष पदमा निरोज मास्के, सह–अध्यक्षमा डा. श्रीधर गौतम, उपाध्यक्षमा डा.गोपाल पोख्ररेल, कोषाध्यक्षमा मन्दिरा भण्डारी, सह–कोषाध्यक्षमा दीक्षा पाण्डे, सल्लाहकारमा टासी स्हाङ्मो गुरुङलाई अनुमोदन गरेको थियो ।
सह–कोषाध्यक्ष मन्दिरा भण्डारीले संचालन गरेको बैठकमा कार्यबहाक अध्यक्ष रामेश्वर श्रेष्ठले सङ्घको वर्तमान अवस्थाको बारेमा बताउनु भएको थियो ।
नवनियुक्त अध्यक्ष मास्केले नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घ सम्पूर्ण सदस्य तथा पदाधिकारी, सल्लाकारलाई धन्यवाद दिदैं आफनो जिम्मेवारी सक्रियताका साथ निर्वाह गर्ने बताउनुभयो ।
अध्यक्ष मास्केले अन्तरक्रिया कार्यक्रम, छलफल र दुई देशको आपसी मित्रता प्रगाढ बनाउँदैं संस्कृतिलाई विकास गर्ने योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । छिटै बृहत भेलाकोआयोजना गरेर सङ्घले नयाँ कार्ययोजना बनाएर काम गर्ने उहाँले बताउनुभयो ।
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घ दुई देशबिच आपसी मित्रता, सद्भाव र संस्कृतिको आदान प्रदान गर्ने योजना सहित गठन गरिएको संस्था हो । २०५९ सालमा स्थापना भएको नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घको मास्के पाँचो अध्यक्ष हुनुहुन्छ ।
पछिल्लो समय हजारौँ नेपाली विद्यार्थी र युवाहरुको क्यानडामा रहेको बताउँदै उहाँहरुको समस्याहरुलाई समाधान गर्नमा पनि नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घले पहल गर्ने मास्केले बताउनुभयो ।
सङ्घले विभिन्न क्षेत्रमा योगदान गर्नु भएका व्यक्तिहरुलाई सम्मान गर्दै विविध सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।