अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।
नेकपा (एमाले) रुकुमपश्चिमले चुनावमार्फत ११ औँ महाधिवेशन प्रतिनिधि चयन गरेको छ । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मत हुन नसकेपछि शनिबार साँझ अबेरसम्म मतदान चलेको थियो ।
नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सिराहा क्षेत्र नम्बर १ मा चुनावबाट प्रतिनिधि चयन भएको छ । शनिबार साँझसम्म भएको निर्वाचन मत परिणाम आइतबार सार्वजानिक गरिएको हो ।
उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो औपन्यासिक कृति ‘विविशारा” को विमर्श एवम् सिर्जना वाचन गरिएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३७ औँ पाइलाको रूपमा औपन्यासिक कृतिको विमर्श एवम् सिर्जना वाचन गरिएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । गल्याङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले १५ दिन भित्र हटाउन र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाका विभिन्न सडकमा कालोपत्रे गर्न सुरु गरिएको छ । वर्षाैंदेखि हिलो र धुलोको सास्ती हुने गरेको गाईघाट बजार क्षेत्रको झन्डै १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो ।
सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीबाट नेकपा(एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि चयन भएका छन् ।
कानुन निर्माण र जनताको आवाज उठाउने मूल थलो प्रदेश सभामा लुम्बिनी प्रदेशका केही प्रदेश सभा सदस्य भने लगातार तीन वर्षसम्म मौन बसेका छन् । तीन वर्षको समयमा यस प्रदेशका तीन जना प्रदेश सभा सदस्यले सदनमा एक पटक पनि नबोलेको तथ्य सार्वजनिक भएको छ । यी तिनै जना प्रदेश सभा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
नेकपा (एमाले) को ११ औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा प्रतिनिधि छनोट भइरहेको छ । एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रदेशका सबै जिल्लामा सर्वसम्मत बनाउने प्रयास भए पनि सफल हुन नसकेको बताउनुभयो । उहाँका अनुसार केही जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भए पनि अधिकांश स्थानमा मतदानमार्फत छनोट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र सेवा अब आइतबारदेखि पुनः पूर्ववत् कार्यालय समयमा सञ्चालन भएको छ ।
बर्दियाको बाँसगढी नगरपालिकाले बर्दिया जिल्लाभरिको पानी परीक्षणको सुरुवात गरेको छ । परीक्षण गरिएका पानीका स्रोतमध्ये करिब ७० प्रतिशत पानी मापदण्ड अनुसार पिउन अयोग्य देखिएको छ ।
कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ ।
जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसी लामो समयदेखि घर नहुँदा कठिन परिस्थितिमा बस्नुपर्ने बाध्यता थियो ।
बजेट अभावमा एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं. १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं. २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो । अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम सिगानाको वडा कार्यालयमा पुगेर रोकिएको छ । उक्त खण्ड निर्माण सम्झौता गरेका ठेकेदारले समयमा रकम भुक्तानी नपाएपछि काम अलपत्र भएको थियो ।
राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्ग अन्तर्गत कोशी प्रदेश खण्डभित्र पर्ने वन क्षेत्रका रुख हटाउने काम धमाधम भइरहेको छ ।