कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ ।
जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसी लामो समयदेखि घर नहुँदा कठिन परिस्थितिमा बस्नुपर्ने बाध्यता थियो ।
बजेट अभावमा एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं. १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं. २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो । अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम सिगानाको वडा कार्यालयमा पुगेर रोकिएको छ । उक्त खण्ड निर्माण सम्झौता गरेका ठेकेदारले समयमा रकम भुक्तानी नपाएपछि काम अलपत्र भएको थियो ।
राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्ग अन्तर्गत कोशी प्रदेश खण्डभित्र पर्ने वन क्षेत्रका रुख हटाउने काम धमाधम भइरहेको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका लोक्पाथाङाको मनासलु पदमार्ग मर्मत कार्य सम्पन्न भएको छ । चुमनुब्री गाउँपालिका, मनासलु संरक्षण क्षेत्र, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रिय सहभागितामा लोक्पाथाङाबाट बाजेखोलासम्मको मनासलु पदमार्ग निर्माण समपन्न भएको हो ।
शैलुङ गाउँपालिकामा निर्माणाधीन शैलुङ मिनी ग्रेटवालप्रति पर्यटकको आकर्षण वढ्दै गएको छ । शैलुङडाँडामा फैलिएको ग्रेटवालमा हिँड्दै हिमाल र शैलुङको सौन्दर्य नियाल्न पर्यटक लोभिने गरेका छन् ।
कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । कालीगण्डकी करिडोरको बागलुङ स्थित मालढुङ्गा बलेवा खण्डले बल्ल गति लिएको छ ।
न्याय सेवा सर्वसुलभ, प्रभावकारी, भरपर्दो र छिटोछरितो बनाउन स्थानीय तहमा स्थापित न्यायिक समिति गठनको एक दशक बितिसक्दा पनि दर्जनौँ समस्याबाट गुज्रिरहेका छन् । कानुनी अस्पष्टता, जनशक्ति र साधनस्रोतको अभावले समितिको काम प्रभावकारी बनाउन चुनौती भइरहेको जनप्रतिनिधिको गुनासो छ ।
ऐतिहासिक भूमि सुस्ताका बासिन्दाहरूले नारायणी नदीको बढ्दो कटान र बहाव परिवर्तनका कारण आफ्नो बस्ती बचाउनका लागि सरकारसँग तत्काल तटबन्ध निर्माण गर्न हारगुहार गरेका छन् ।
हिमपातले घर भत्काएपछि घरबारविहीन भएका जुम्लाको गुठीचौर गाउँपालिका–५, फोइगाउँकी बिजमाया जैसीले नयाँ घर पाउनुभएको छ । छ वर्षपहिले हिमपातले घर भत्किएपछि आर्थिक अभावमा घर बनाउन नसकी बर्सौंदेखि टहरामा बस्नुभएको थियो । सानो काठको टहरामा १२ वर्षकी छोरी र १४ वर्षको छोरासँग उहाँले दुःखका दिन कटाउनुभएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा भूकम्प प्रभावितको विस्तृत क्षति आकलन (डिडिए) प्रतिवेदन उपर उजुरी परेको छैन । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत तयार भएको डिडिएको प्रतिवेदन उपर गुनासो तथा उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिए पनि तोकिएको सीमाभित्र कुनै पनि उजुरी नपरेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले दीर्घसिंह बमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको १४ औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
गाउँको सिरानमाथि महाकाली लोकमार्गको चिल्लो सडक छ । मध्य भागबाट महाकाली कोरिडोर अघि बढिरहेको छ । सबै घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । प्रदेश सरकारले ६५ लाखको खानेपानी योजना बनाएको छ ।