नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट कतै सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ भने कही निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएका छन् ।
कपिलवस्तुको वाणगङ्गा नदीको बगर किसानका लागि बदाम उत्पादन गरेर आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । वाणगङ्गा नदीले बनाएको बगरमा दुई सयभन्दा बढी किसानले बदाम उत्पादन गरी राम्रो आम्दानी गर्दै आएका हुन् ।
म्याग्दीको बेनीमा शनिबार सम्पन्न भएको २३ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधी पहिलो पटक केबी एकेडेमीले जितेको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले दुई साताभित्र समस्याको समाधान निकाल्ने आश्वासन दिएपछि उखु किसानले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार गत वर्ष गुल्मीमा २५ करोड ७८ लाख ६९ हजार पाँच सय रुपियाँको सुन्तला उत्पादन भएकोमा यस वर्ष २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएकोे छ । न्यौपानेका अनुसार यस वर्ष ३२ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मङ्सिर ११ गते बिहान १० देखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए ।
मधेशका बजारमा तरकारीको मूल्य बढ्दै गएपछि उपभोक्ताको रोजाइमा पहाडको उत्पादन परेको छ । तिहारयता तराईको स्थानीय उत्पादन काउली, बोडी, मुला, आलु, गोलभेँडा तथा विभिन्न सागसब्जीको मूल्य तीव्र गतिमा बढ्दै गएपछि उपभोक्ता ‘सस्तो र स्वादिलो’ विकल्पका रूपमा पहाडे तरकारी रोज्न थालेका हुन् ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा १० अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यस वर्षको साउनदेखि कात्तिकसम्म १० अर्ब १८ करोड ४९ करोड ९० लाख सात हजार रुपियाँ बराबरको धानचामल आयात भएको हो ।
चिसो मौसम बढेसँगै बजारमा खाना पकाउने एलपी ग्यासको खपत क्रमशः बढ्न थालेको छ । एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले चिसोमा ग्यासको खपत बढेको जानकारी दिनुभयो । अन्य सिजनको तुलनामा जाडोयाममा पाँच देखि १० प्रतिशत ग्यासको खपत बढेको उहाँले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।
गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्ने भएको छ । नेपाली पत्रकारिताको ऐतिहासिक विरासत बोकेको संस्थानले पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यसहित ‘गोरखापत्र एकेडेमी’ स्थापनाको निर्णय गरेको हो ।
नेपालमा दिनानुदिन बढ्दै गएको नसर्ने रोग (एनसिडी) को जोखिम, रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्र एक भएर लाग्नुपर्ने बताइएको छ । नसर्ने रोगको क्षेत्रमा काम गर्दै आएको संस्था ‘नेपाल एनसिडी एलायन्स’ को तेस्रो साधारण सभामा वक्ताले नसर्ने रोग विश्वव्यापी रूपमा बढ्दै गएकाले नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएको बताए ।
अर्घाखाँचीका एक कृषक कृषि पेसाबाटै ठुलो आर्थिक उन्नति गर्न सफल हुनुभएको छ । सन्धिखर्क नगरपालिका–८ निवासी कृषक पुष्करनाथ बजान्डेले विगत तीन दशकदेखि निरन्तर व्यावसायिक खेती गर्दै झन्डै १३ करोड रुपियाँभन्दा बढी मूल्य बराबरको सम्पत्ति आर्जन गर्न सफल हुनुभएको छ ।
सल्यानबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् । खुल्ला ४ जना, महिला २ जना, युवा १ जना र दलित समुदायतर्फको प्रतिनिधि १ जना गरेर जम्मा ८ जना प्रतिनिधि सर्वसम्मत चयन भएको एमाले सल्यानले जनाएको छ ।