सल्यानबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् । खुल्ला ४ जना, महिला २ जना, युवा १ जना र दलित समुदायतर्फको प्रतिनिधि १ जना गरेर जम्मा ८ जना प्रतिनिधि सर्वसम्मत चयन भएको एमाले सल्यानले जनाएको छ ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनका लागि २० जना प्रतिनिधि छनौट भएका छन् । खुला सदस्य नौ जनाको लागि ३४ जनाको मनोनयन दर्ता भएको थियो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बालुवाटर पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिमण्डलसँग छलफल गर्नुभएको हो । छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गर्नुभएको छ।
मकवानपुर कैलाश गाउँपालिका ५ ठोस्ने घर भएर हाल थाहा नगरपालिका ४ ठुलोमार्खुस्थित ज्ञानमाया लामाको घरमा खेती किसान गरी बस्ने वर्ष ४८ को मानबहादुर जिम्बाको शुक्रबार राति लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन्।
सामाजिक सुरक्षा कार्यक्रममा सबै नागरिकलाई जोड्न सचेतना बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्।
मेची राजमार्ग अन्तर्गत इलामको भञ्ज्याङस्थित मिल गोलाइमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ ।
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गर्नु भएको छ ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले दीर्घसिंह बमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । आज भएको १४ औं साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो ।
देशका विभिन्न अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ चिकित्सकको सहभागितामा नेपालगन्जमा पहिलो पटक क्यान्सर रोगसम्बन्धी गोष्ठी तथा चिकित्सककीय सम्मेलन हुने भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा जितका लागि साविक विजेता जनकपुरले जितका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई एक सय ४६ रनको मध्यम लक्ष्य दिएको छ ।
जिल्ला सदरमुकाम मार्तडीदेखि हिमाली गाउँपालिका–६ को धिम बस्ती झण्डै ७० किलोटिरको दूरीमा पर्दछ ।