नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको क्रममा एमाले धनकुटामा विवाद भएको छ । प्रतिनिधिमा कुरा मिल्न नसक्दा मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म भएको केन्द्रिय सदस्य राजेन्द्र राईले बताउनुभयो ।
अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा ३२२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक भएको छ। परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत् सार्वजनिक गरिएको हो।
सल्यानको ऐतिहासिक खलङ्गा–शीतलपाटी पदमार्गको पुनः निर्माण तथा संरक्षण गरिने भएको छ । जिल्लाको शारदा नगरपालिकाले स्थानीयहरुको सहभागिता र लगानीमा खलङ्गा–लुहापिङ–शितलपाटी पदमार्गको पुनर्निर्माण तथा संरक्षणको पहल गर्ने निर्णय भएको हो ।
रामेछापको मन्थली नगरपालिका-९, पुरानागाउँमा गएराति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
चाडपर्व, जात्रा र विभिन्न मौसमलाई समेत महोत्सवको रूपमा मनाउँदै आएको पर्यटन नगरी पोखरामा शनिबार दाइँ महोत्सव भएको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा रहेको पोखरा १९, पुरुञ्चौरको चुरुङ्गा फाँटमा दोस्रो दाइँ महोत्सव भएको हो ।
इन्डोनेसियाको सुमात्रा टापुमा मङ्गलबार भएको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्नुका साथै ७९ जना बेपत्ता मानिसको खोजी जारी रहेको जनाइएको छ ।
कालीकोटमा सञ्चालित सामुदायिक रेडियो तिला आवाजका स्टेसन म्यानेजर वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा निधन भएपछि शुभकालिका गाउँपालिका –६ को हाउडीगाउँ शोकाकुल बनेको छ ।
चीनले भवनमा आगलागी जोखिम कम गर्न व्यापक अभियान सुरु गरेको छ ।
रूसले शनिबार बिहान युक्रेनको राजधानी किएभमा गरेको हवाई आक्रमणमा सात जना घाइते भएका छन् । मध्यरातपछि सहरभर ठूलो विस्फोटको आवाज सुनिएपछि हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो ।
जिल्ला अस्पताल सङ्खुवासभामा शुक्रबार सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट सङ्खुवासभा र छिमेकी जिल्ला भोजपुरका सर्वसाधारण लाभान्वित भएका छन् ।
नेकपा (एमाले) बर्दियाले कठामाडौँमा मङ्सिर २७ गते सुरु हुन गइरहेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।
आउँदो मङ्सिर २३ गतेदेखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
मेरिलेबन क्रिकेट क्लब (एमसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) लाई स्पिरिट अफ क्रिकेट अवार्ड-२०२५ प्रदान गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।