नेपाल चेम्बर अफ कमर्शको ७५औँ हीरक जयन्तीका अवसरमा आज जमलदेखि वसन्तपुरसम्म पदयात्रा निकालिएको छ ।
जिल्लाको रामपुरमा क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो भम्बक युनाइटेड कपअन्तर्गत मङ्सिर १६ देखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
पोखरा-मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा-जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ ।
हेटौँडा उपमहानगरपालिका–१९ बाट मनहरी गाउँपालिका–३ का बस्तीपुर र भुन्द्रङलाई जोड्ने १७० मिटर लामो राप्तीखोला पुल शनिवार उदघाटन गरिएको छ ।
श्रीलङ्कामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १२३ जनाको ज्यान गएको छ भने १३० जना अझै बेपत्ता रहेका छन् ।
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडसेयर’मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका—४, जोमसोमको एक रेस्टुरेन्टबाट प्रहरीले १२ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।
नेपाल जियोटेक्निकल सोसाइटी (एनजिएस) ले सन् २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौँमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन ‘जियोमाण्डु २०२७’ को औपचारिक घोषणा गरेको छ ।
मध्य कात्तिकसम्म परेको पानीले गर्दा यो वर्ष रवि लगाउने खेतहरू अझै सुकेका छैन । धान र तोरी उत्पादनका लागि अब्बल मानिएका खेत अझै नसुक्दा यो वर्ष किसानले तोरी लगाउन पाएका छैन ।
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्अन्तर्गत नेपालको समग्र मानव अधिकार अवस्थाको चौथो विश्वव्यापी आवधिकसमीक्षा (युपीआर) का लागि आयोजित पूर्व–सत्र सफलतापूर्वक सम्पन्न भएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिकामा शनिबार श्रीमानले गरेको खुकुरी प्रहारबाट श्रीमती घाइते भएकी छन् ।
उत्तरी गोरखाको विश्वप्रसिद्ध हिमाली गन्तव्य मनास्लु संरक्षण क्षेत्रले चालु आर्थिक वर्षको पहिलो चौमासिकमै प्रवेश शुल्कबाट दुई करोड २७ लाख ९६ हजार ९७० रुपियाँ राजस्व उठाएको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ ।
चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ ।