आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ ।
काभ्रेपलाञ्चोकको मुख्य व्यापारिक नगर बनेपाबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म बस सेवा सञ्चालन गरेपछि यात्रुलाई सहजता भएको छ । योसँगै बनेपाबाट हेटौँडासम्म जानका लागि विभिन्न मार्ग हुँदै घुमाउँरो सडकबाट जानुपर्ने बाध्यतासमेत हटेको छ ।
भगवान गौतम बुद्धको अस्तुधातु रहेको स्थल पश्चिम नवलपरासीको रामग्राम स्तुपामा गत दश महिनाको अवधिमा १५ हजार ३८ जना विदेशी पर्यटक तथा बुद्ध धर्मावलम्बीले भ्रमण गरेका छन् । संरक्षण अभावमा ओझेलमा पर्दैआएको स्तुपा क्षेत्रमा आन्तरिक सँगै बाह्य पर्यटकको समेत चहलपहल बढेको हो ।
पछिल्लो समय विदेशी दातृ निकायबाट प्राप्त सहयोगमा कमी आइरहेका बेला आन्तरिक स्रोत परिचालन गरी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत सुशासन एवं सार्वजनिक सेवालाई जनमुखी बनाउनुपर्नेमा जोड दिइएको छ ।
बाजुराका एक किशोर धनगढीबाट बेपत्ता भएका छन् । जिल्लाको बुढीनन्दा–७ का १६ वर्षीय लोकराज जैशी कैलालीको धनगढीबाट बेपत्ता हुनुभएको हो ।
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो ।
गुल्मीको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेक बोरहका इन्द्र विश्वकर्मा र प्रेमकला गाहाले करिव पाँच लाख प्याजका बेर्ना बेच्दै हुनुहुन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहपछि युक्रेन–रूस युद्धमा मध्यस्थता गर्न दबाब बढाइरहेका ट्रम्प प्रशासनका उच्च अधिकारीहरू यस सप्ताहान्त फ्लोरिडामा युक्रेनी वार्ताकारहरूसँग निरन्तर वार्तामा बसेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताउनुभएको छ ।
उत्तरी मोरङको मिक्लाजुङ– १ ज्यामिरेका सन्तोष राईको बारीमा यतिबेला लटरम्म सुन्तला फलेका छन् । तीन वर्ष विदेश बसेर सन् २०१३ मा नेपाल फर्केपछि उहाँले गाउँमै व्यवसायीक सुन्तला खेती गर्ने योजना बनाउनुभयो ।
नेपालगन्जमा सम्पन्न भएको पहिलो बाँके जिल्लास्तरीय ‘नेपालगन्ज पम्प ट्रयाक च्यालेन्ज’ प्रतियोगितामा मास्टर क्याटेगरीतर्फ गगनसिंह थापाले प्रथम स्थान हासिल गर्नु भएको छ ।
तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान काँक्रा टिप्न र बिक्री गर्न व्यस्त छन् ।
प्रकृतिका कुचिकारका रूपमा चिनिने सङ्कटापन्न अवस्थामा रहेका हिमालयन ग्रिफन जाडोयाममा बासस्थान र आहाराको खोजीमा बसाइँसराई गर्छन् ।