काभ्रेपलाचोकको बेथानचोक गाउँपालिका–३, गैरीभन्ज्याङमा स्थानीयले गरेको तोरीबारी । करिब २० रोपनीमा गरिएको तोरीबारीमा अचेल फूल फुलेर आकर्षक देखिएको छ ।
हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत कान्ति लोकपथको मकवानपुरगढी गाउँपालिका–१, बागधारामा ब्रेक फेल भइ बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आइतवार बिहान भएको दुर्घटनामा बसमा सवार एक महिला र तीन पुरुष घाइते भएको प्रहरीले जनाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । टस हारेको काठमाण्डु बलिङ गर्दैछ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव आयोजना हुनेभएको छ ।
इलामको सूर्योदय नगरपालिका–१०, फिक्कल बजारमा कपडा बैँक स्थापना गरिएको छ । “हुनेले दिने, नहुनेले लिने” नारासहित आइतबार सिनियर टीम फिक्कलको पहलमा कपडा बैंक स्थापना गरी उद्घाटन गरिएको हो ।
बाराको प्रसौनी गाउँपालिका-६ स्थित किरण बेभरेज नेपाल प्रा.लि.का व्यवस्थापक रामकिशोर सिंहको जघन्य हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गर्नुभएको छ ।
माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएको छ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बिच ऐतिहासिक एकता घोषणा भएको छ।
गोरखामा बस दुर्घटना हुदाँ २१ जना घाइते भएका छन्। गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको मिनिबस गोरखा नगरपालिका–११ बाह्रकिलोमा दुर्घटना हुदाँ २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
निकुञ्जले २०८२ सालको सुरुवातबाटै सुरु गरेको जङ्गल सफारीका लागि आउने पर्यटकको संख्या र माग बढ्दै जाँदा निकुञ्ज वरिपरिका होटल र होमस्टेले जीप राखेर जङ्गल सफारी सञ्चालन गरेका छन् ।
आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ ।