नेवाः समुदायको सांस्कृतिक पहिचान योमरी (मन पर्ने रोटी) मिठो परिकारसँग नेवाः लोककला पनि जोडिएको हुनाले यसको पुस्तान्तरणमा जोड दिइएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरद्वारा आइतबार आयोजित ‘नेवाः लोककला कार्यशाला (योमरी पुन्ही)’ विषयक कार्यशालामा सहभागी संस्कृति, कलाविज्ञहरूले योमरीसँग नेवाः लोककलाको इतिहास पनि जोडिएकाले यसको प्रवर्धन हुनुपर्ने बताएका छन् ।
स्याङ्जाका धेरै विद्यार्थीको हातमा धार्मिक ग्रन्थ गीता पुग्ने गरेको छ । युवाहरुले गीता मार्फत विद्यार्थीदेखि वृद्ध सम्मलाई सार्थक जीवन बुझ्न सिकाउँदै आएका छन् ।
रुक्मणिराज शिवाकोटी स्मारक कोषले साहित्कार तथा पत्रकार विजय चालिसेलाई मरणोप्रान्त ‘रुक्मणिराज शिवाकोटी स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।
पाँच महिनादेखि रसुवाको केरुङ नाकामा चाडपर्वलाई ल्याइएका सामान अझै अलपत्र अवस्थामा छन् । गत २४ असारमा आएको बाढीपहिरोले पुल भत्किएर नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै रोकिएका हुुन् ।
अप्पर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जनताका लागि ३५ अर्ब २४ करोड ८६ लाख रुपियाँ बराबरको सेयर जारी गर्ने प्रस्ताव गरिएको छ । जनताको जलविद्युत् कायक्रम अन्तर्गत नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण गर्न लागेको आयोजनामा ४९ प्रतिशत सर्वसाधारणका लागि छुट्याइने भएको हो । एक हजार ६३ मेगावाटको सो आयोजनामा लगानी हुने ३० प्रतिशत स्वपुँजीमध्ये सो बराबरको सेयर सर्वसाधारणले पाउने भएका हुन् । प्राधिकरणको सञ्चालक समितिले बिहीबार यो प्रस्ताव स्वीकृत गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र कर्जा प्रमुख अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको छ ।
पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मी रहेका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जनादेश र सहिद परिवारका मागप्रति सरकार गम्भीर रहेको प्रस्ट्याउनुभएको छ । जेनजी आन्दोलनमा सहादतप्राप्त सहिदका परिवारसँगको आइतबार भएको संवादमा प्रधानमन्त्री कार्कीले सरकारले इमानदारीपूर्वक माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले महिला तथा बालबालिकामाथि भएका हिंसाविरुद्ध एकजुट हुनुपर्ने बताउनुभएको छ । ‘प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ, लैङ्गिक हिंसारहित प्रविधि, सुरक्षा र न्यायको विधि’ अभियानसाथ आइतबारदेखि प्रहरी प्रधान कार्यालयले देशभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरेको छ । अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै आइजिपी कार्कीले महिला तथा बालबालिकामाथि भइरहेका विभिन्न प्रकारका हिंसात्मक घटना र बढ्दो तथ्याङ्कबारे सबै सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।
कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो ।
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् । सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको हो ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सञ्चार माध्यमको भूमिका र निर्वाचन आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउने विषयमा प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोगका पदाधिकारीबिच छलफल भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा आठ जिल्लामा समस्या आएको छ । जिल्लाबाट उजुरी आएपछि प्रतिनिधि छनौटको टुंगो लाग्न नसकेको एमाले नेताहरुको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले देश बन्नलाई सहि नेतृत्व हुन जरुरी रहेको बताउनुभयो ।