थारु समुदायको पहिचान परम्परागत मौलिक नाचगान, भेषभूषा, कला, संस्कृति मात्र होइन, उनीहरूको खानपान प्रणाली पनि अनौठो र अनुकरणीय छ । तर पछिल्लो समय थारु परम्परागत खानपान र जीवनशैली हराउन थालेका छन् ।
पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपियाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२-८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।
बाँकेको दुर्गम र पिछिडिएको क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पालिकाभित्रका सबै बिद्यालयको अनुगमन सुरु गरिएको छ ।
बेनी दरवाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका –४ र मङ्गला गाउँपालिका –२ को सिमाना घुमाउनेभीरमा ट्रक दुर्घटना हुँदा चालक घाइते हुनुभएको छ ।
गोरखामा एक मृत र अर्को अर्धबेहोस अवस्थामा चितुवा भेटिएको छ । आइतबार बेलुका बारपाक सुलीकोट गाउँपालिका –८ स्थित ढिकी डाँडाको सामुदायिक वनमा मृत अवस्थामा भाले चितुवा र अर्धबेहोस अवस्थामा भाले चितुवा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनकुमार साण्डिल्यले जानकारी दिनुभयो ।
म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
गुल्मीको मदन भण्डारी राजमार्गमा पर्ने रुरुक्षेत्र र छत्रकोट गाउँपालिकाको घर टहरा स्थानीय आफैले भत्काउन थालेका छन् । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय, गुल्मीले निर्माणको काममा अवरोध भएपछि दुई पालिकालाई घर टहरा हटाउन सहजीकरण खोजेको थियो ।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार आयोजनाको सम्झौताको समयावधि सकिन केही दिन बाँकी रहँदा ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
सप्तरीको खडक नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ११ बनौलीस्थित हुलाकी सडकखण्डमा प्रदेश २-०१-००१ प १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा ४२ बर्षीय दिप्रेन्द्र पासवानको मृत्युभएको हो ।
तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सात जिल्लाका १४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र, दलित र मजदुर क्षेत्रबाट प्रतिनिधि छानिएका छन् । बझाङ र डोटीमा भने प्रतिनिधि छनोटमा विवाद छ । बझाङ र डोटीबाहेकका जिल्लाबाट ११६ जना प्रतिनिधि छानिएका छन् । अधिकांश क्षेत्रका प्रतिनिधि सर्वसम्मतिले छानिए पनि कैलाली क्षेत्र नम्बर १, ४ र ५ तथा कञ्चनपुरको क्षेत्र नम्बर १ र ३ मा शनिबार निर्वाचन भएका थिए । कैलालीका २ र ३, कञ्चनपुरको २, अछामका १ र २, बाजुरा, डडेलधुरा बैतडी, दार्चुला, दलित र मजदुर क्षेत्रले प्रतिनिधि सर्वसम्मतिले छानेको थियो ।
जल तथा मौसमजन्य विपत्को समयमै सही सूचना दिएर जनधनको क्षति कम गराउन प्रदेशका सरोकारवालाले जल तथा मौसम विज्ञान विभागलाई सुझाव दिएका छन् । विगतमा सही समयमा सही सूचना नपाउँदा जनधनको क्षति भएकाले अब अत्याधुनिक प्रणालीबाट एकै पटक धेरैलाई सही सूचना दिएर क्षति कम गराउन सकिने उनीहरूको भनाइ छ ।
तीन वर्षअघि भीषण वर्षाका कारण मुगु जिल्लाका विभिन्न ठाउँमा गएको बाढीपहिरोले सयौँ घरपरिवार विस्थापित भए । विस्थापित भएको ४४ महिना पुग्दा पनि पीडितको व्यवस्थापन हुन सकेको छैन । २०७९ को असोजको तेस्रो सातामा आएको बाढीले जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका एक हजार तीन सय घरमा पूर्ण तथा आंशिक क्षति भएको थियो ।