बागलुङमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सोमबार गण्डकी प्रदेश प्रहरी, बेनी नगरपालिका र पैयुँ गाउँपालिका विजयी भएका छन् ।
नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को संक्रमण बढ्नसक्ने भन्दै ‘फ्लू विरुद्धको खोप’ निःशुल्क उपलब्ध गराउन माग गरेको छ ।
प्राविधिक लगत तयार गर्दा आवश्यक काम छुटेपछि टीकापुरमा बनेको शीत भण्डार सञ्चालनमा आउन ढिलाइ भएको छ । हिउँदबाट प्रयोगमा ल्याउने भनिए पनि काम ढिला भएपछि असार मसान्तसम्म सर्ने बताइएको छ ।
जापानकी अत्यन्त प्रिय राजकुमारी आइकोलाई प्रायः पप-स्टार झैँ स्वागत गरिन्छ ।
मोरङको बेलबारीस्थित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले एक करोड रुपियाँको साहित्य कला अक्षयकोष निर्माण गर्न एक रुपियाँ अभियान सुरु गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग मङ्गलबार दिउँसो क्रेमलिनमा भेटवार्ता गर्नुहुने भएको छ ।
एयरबसले आफ्नो ए ३२० सिरिजका १०० भन्दा कम विमान अझै पनि तत्काल आवश्यक सफ्टवेयर अद्यावधिकका कारण ग्राउन्डेड रहेको पुष्टि गरेको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिकामा सोमबार एक जना वृद्ध मृत अवस्थामा फेला पर्नुभएको छ । नगरपालिकाको वडा नम्बर ११ सिमरा बजारस्थित ६५ वर्षीय मोहमद तजमुल मृत अवस्थामा फेला पर्नुभएको हो ।
संयुक्त राज्य अमेरिका र भेनेजुएलाबिच बढ्दो तनावको बिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग गरेको फोन वार्तालाई आइतबार पुष्टि गर्नु भएको छ ।
बर्दीबास र गौशाला क्षेत्रमा सक्रिय वन तस्करी तथा अतिक्रमण नियन्त्रण गर्न सञ्चालन गरिएको वन गस्तीले ५५ क्युफिट बराबरको काठ, तयारी फर्निचरलगायत सामग्री बरामद गरेको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री जुहानी पुहाक्काले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
कञ्चनपुरमा औषधी व्यवसायीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलित बनेका छन् ।
हरेक पालिकामा तीन हजार क्विन्टलको दरले धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बर्दियाको बाँसगढी नगरपालिकामा धान खरिद सुरु गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी आठ टोलीमध्ये साविक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रचार एवम् प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमद्वारा लिखित ‘जनताको बहुदलीय जनवादका आधारहरु’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।