• १५ मंसिर २०८२, सोमबार

मेयरकप फुटबल : बेनी, प्रहरी र पैयुँ विजयी

blog

बलको लागि संघर्ष गर्दे पैयुँ गाउँपालिका र कालिदल गणका खेलाडिहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, मङ्सिर १५ गते । बागलुङमा जारी तेस्रो मेयरकप फुटबल प्रतियोगितामा सोमबार गण्डकी प्रदेश प्रहरी, बेनी नगरपालिका र पैयुँ गाउँपालिका विजयी भएका छन् । 

सोमबार बिहान भएको खेलमा बेनी नगरपालिकाविरुद्द जैमिनी नगरपालिका खेलमै उपस्थित नभएपछि  बेनी नगरपालिका स्वतह बिजयी भएको हो । त्यस्तै सोमबार दिउसो भएको खेलमा प्रहरीले गलकोट नगरपालिकालाई ट्राइबेकरमा २–४ गोलले पराजित गरेको हो । 

निर्धारित समयमा गोल रहित बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलमा पुलिसकालागि सुदिप तामाङ, सरोज टिटुङ, अंकित गुरुङ र केशव बरामले गोल गर्नुभयो । गलकोटका अंकित थापा र सुमन टेलरले मात्र गोल गर्नुभयो । 

सोमबारै भएको तेस्रो खेलमा पैयु गाउँपालिका पर्वत विजयी भएको छ । नेपाली सेनाको कालिदल दल गण घोडाबाँधेलाई पैयुँले ट्राइबेकरमा २–३ गोलले पराजित गरेको हो ।

निर्धारित समय बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको हो । ट्राइबेकरमा बाजी मार्दै पैयुँले जित निकालेको हो ।