ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष विराटजङ्ग शाहीले एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा उभिएपछि एमालेजनप्रति चौतर्फी हमला भएको बताउनुभएको छ ।
भारत र माल्दिभ्सबिचको वार्षिक द्विपक्षीय सैन्य अभ्यास ‘एकुवेरिन’ को १४औँ संस्करण डिसेम्बर २ देखि १५ सम्म भारतको तिरुवनन्तपुरममा आयोजना हुने भएको छ ।
सहरी संरचना द्रुतगतिमा विस्तार भइरहेका बेला राजधानीमा आयोजित एक अन्तर्क्रियामा सरोकारवाला निकायहरूले खुला स्थानको संरक्षणलाई अत्यावश्यक आवश्यकताका रूपमा उठाएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको नाम उच्च राख्न योगदान पुराउने राष्ट्रिय विभूति कलाकार अरनिको जन्मस्थललाई प्रचार–प्रसार गरिनुपर्नेमा जोड दिनुभएको छ ।
श्रीलङ्का र इन्डोनेसियाले हालैका दिनमा एसियाका चार देशमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या लगभग एक हजार नजिक पुगेसँगै पीडितका लागि सैन्य उद्धार तथा राहत कार्यलाई अझै तीव्र बनाइएको छ ।
भ्रष्टाचारको अभियोगको सामना गरिरहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लामो समयदेखि चलिरहेको र देशलाई विभाजित गरिरहेको मुद्दाका कारण आफूले राष्ट्रपति समक्ष माफीको औपचारिक अनुरोध पेस गरेको घोषणा गर्नु भएको छ ।
दाङमा चार सय ७१ जना एचआइभी सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये दुई सय २७ जना पुरुष, दुई सय ३६ जना महिला, आठ जना यौनिक अल्पसंख्यक र अठार जना बालबालिका रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
हुलाकी सडकअन्तर्गत धनुषा र सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुननिर्माणको काम सुरु गरिएको छ ।
गोरखापत्र संस्थान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) बीच सूचना प्रकाशनबारेमा सहकार्य हुने भएको छ ।
पश्चिम नवलपरासीस्थित सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) मा भइरहेको पुरातात्विक उत्खनन कार्यले प्राचीन सहरका भग्नावशेष र पूर्वाधारहरू भेट्टाउन थालेपछि उत्साह छाएको छ ।
बङ्गलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनीकी छोरी, बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी जग्गा टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार आरोपमा ढाका विशेष अदालतले क्रमशः पाँच वर्ष र दुई वर्षको जेल सजाय तोक्दै दोषी ठहर गरेको छ ।
नेपालगन्ज–गुलरिया सडक विस्तारको काम अन्तिम चरणमा पुग्दा सुरुवाती करिब दुई किलोमिटर सडक विस्तारमा अन्यौलता देखिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई पितृशोक परेको छ ।