• १५ मंसिर २०८२, सोमबार

महानगरप्रमुख बालेन्द्र साहलाई पितृशोक

blog

स्वर्गीय डा. रामनारायण साह । तस्बिर : सामाजिक सञ्जाल ।

काठमाडौं, मङ्सिर १५ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई पितृशोक परेको छ । उहाँका पिता आयुर्वेदिक चिकित्सक डा. रामनारायण साहको उपचारका क्रममा आज नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

"उहाँलाई आइतबार बिहान सिभिल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गर्दै थियौँ । आज बिहान उहाँकाे निधन भयो," उहाँले भन्नुभयाे ।

पिसाबमा सङ्क्रमण भएपछि शरीरमा पनि सङ्क्रमण फैलिएको डा. रेग्मीले जानकारी दिनुभयाे । डा. रेग्मीका अनुसार उहाँ मधुमेहकाे बिरामी हुनुहुन्थ्यो ।