• २३ पुस २०८२, बुधबार

गोरखापत्र र वीर अस्पतालबिच सहकार्य हुने

blog

गोरखापत्र संस्थान र वीर अस्पतालबीच सहकार्यसम्बन्धी पत्र आदानप्रदानमा सहभागी ।

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १५ गते । गोरखापत्र संस्थान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) बीच सूचना प्रकाशनबारेमा सहकार्य हुने भएको छ । 

सहकार्यमा वीर अस्पतालका महत्वपूर्ण संस्थागत गतिविधिलाई समाचार मूल्य तथा औचित्यका आधारमा गोरखापत्र संस्थानका विभिन्न प्रकाशनमा स्थान दिइने उल्लेख गरिएको छ।

धर्मपथस्थित गोरखापत्र संस्थानको केन्द्रीय कार्यालयमा आज भएको कार्यक्रममा दुवै संस्थाले आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सम्झौतापत्रमा हस्ताक्षर गरी आदान प्रदान गरेका छन् । 

गोरखापत्र संस्थानको तर्फबाट व्यापार विभाग प्रमुख गंगबहादुर पन्थी र व्यापार प्रवर्द्धन शाखा प्रमुख दीपक पौडेल तथा वीर अस्पतालको तर्फबाट निर्देशक प्रा.डा. दिलीप शर्मा र शाखा अधिकृत ध्रुव खनालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।