शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर १५ गते। सप्तरीको कञ्चनरूप नगरपालिकामा सोमबार एक जना वृद्ध मृत अवस्थामा फेला पर्नुभएको छ । नगरपालिकाको वडा नम्बर ११ सिमरा बजारस्थित ६५ वर्षीय मोहमद तजमुल मृत अवस्थामा फेला पर्नुभएको हो ।
तजमुल आफ्नो बहिनी सोही ठाउँ बस्ने सैरुल खातुनको घरमा एक्लै बस्दै आउनुभएको थियो । सोमबार १ बजे मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। स्थानीयका अनुसार मृतक तजमुल मागी खाने र मदिरा सेवन गरी सो ठाउँमा बस्दै आउनुभएको थियो।
घटनास्थललाई सुरक्षित राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो ।