• १५ मंसिर २०८२, सोमबार

ठक्करबाट ट्याक्टर चालकको मृत्यु

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी) मंसिर १५ गते । सप्तरीको खडक नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ११ बनौलीस्थित हुलाकी सडकखण्डमा प्रदेश २-०१-००१ प १७०८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा ४२ बर्षीय दिप्रेन्द्र पासवानको मृत्युभएको हो । 

आइतबार राति खडक ११ स्थित हुलाकी सडकखण्डमा रोडको साईडमा नम्वर नखुलेको ट्याक्टरमा पछाडी थ्रेसर जोडेर धान दाई गरिरहेको बेला सडकमा उभिरहेको अवस्थामा बोदेबर्साईनबाट राजबिराजतर्फ आउँदैगरेको प्रदेश २-०१-००१ प १७०८ नम्बरको मोटरसाइकलले ट्याक्टर चालक पासवानलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारको लागि छिन्नमस्ता अस्पताल राजबिराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।

सोही घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका १२ अर्नाहाचौकका २८ बर्षिय रामचन्द्र चौधरी घाइते हुनुभएको र उहाँको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार शवको पोस्टमार्टम र घट्नाबारे थप अनुसन्धान जारी छ।