• १५ मंसिर २०८२, सोमबार

भरुवा बन्दुकसहित पक्राउ

blog

बरामद गरिएको भरुवा बन्दुक । तस्बिर : रेखीराम राना

रेखीराम राना
तानसेन, मङ्सिर १५ गते ।
पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मी रहेका छन् ।

केरवादीस्थित घरको कोठामा अवैध भरुवा बन्दुक लुकाइछिपाई राखेको सूचनाका आधारमा रेश्मीको कोठामा चेकजाँच गर्ने क्रममा एक नाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । पक्राउ गरिएका रेश्मीमाथि थप अनुसन्धान कार्य भइरहेको चौधरीले बताउनुभयो ।