पश्चिम बागलुङको ताराखोला गाउँपालिका वडा नं. १ मा निर्माणाधिन मध्य दरमखोला जलविद्युत आयोजनामा स्थानीय र निर्माण कम्पनीबिचको विवादले काममा अबरोध आएको छ । माग सम्बोधन नभए आयोजना निर्माण गर्न नदिने प्रभावित क्षेत्रका बासिन्दाको अडानले आयोजनाको काममा अवरोध आएको हो ।
उपल्लो मुस्ताङको ल्होमन्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेसनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरियो । अक्सिजन लेभल ५३ मा झरेको र मुटुको धड्कन रेट १०२ विट्स प्रतिमिनेटभन्दा बढी थियो । शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्ने र सामान्य अवस्थमा मुटुको धड्कन रेट ६०–९० प्रतिमिनेट हुनुपर्नेमा निकै चिन्ताजनक अवस्थामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय ल्होमन्थाङका स्वास्थ्य सहायक रामलाल गुरुङले सिपिआर गर्नुभयो ।
कुनै समय बर्दिया आउने मन्त्री, उच्च सरकारी अधिकारी तथा सर्वसाधारणका लागि भरपर्दो बास बनेको सदरमुकाम गुलरियास्थित अतिथि भवन अहिले अलपत्र छ । मुलुक सङ्घीयतामा गएपछि व्यवस्थापनको स्पष्ट जिम्मेवारी नतोकिँदा ऐतिहासिक र सार्वजनिक महत्वको यो भवन प्रयोगविहीन बनेको हो ।
शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा रौतेली बिछुवाबाट विस्थापित हुनुभएका ७४ वर्षीय जयभान भट्ट चिसोले कठ्याङ्ग्रिँदै पालमुनि बस्दै आउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह हुने भएको छ । विश्वविद्यालयद्वारा जारी सूचनामा यही पुस १० गते दशरत रङ्गशालामा दीक्षान्त समारोह हुने भएको हो ।
कर्णाली प्रदेशमा कर्मचारी अपुग भइरहेका बेला प्रदेश सरकारले चालु आर्थिक वर्षमा नयाँ कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगलाई दिनुपर्ने माग फारामको विवरण पठाएको छैन । त्यसले गर्दा कर्मचारी अभाव भएको छ । एक तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा २८ प्रतिशत कर्मचारी अपुग छन् ।
दार्जिलिङमा उच्च माध्यमिक विद्यालयस्तरको अध्ययन गर्दै थिए उनी । विद्यालयमा भानुजयन्ती तथा अन्य अवसरमा कवितावाचन, नाटक तथा अन्य सिर्जनात्मक गतिविधिमा उनको दिलचस्पी छँदै थियो । त्यतिखेर दार्जिलिङको रौनक नै अर्कै थियो । साहित्य, गीतसङ्गीत तथा नाटक रङ्गमञ्चमा त्यतिखेर त्यो भूमि काठमाडौँसित सहजै प्रतिस्पर्धा गरिरहेको थियो । मनबहादुर मुखिया तथा प्रताप सुब्बाहरू रङ्गमञ्चमा जमिरहेका थिए भने इन्द्रबहादुर राई, ईश्वरबल्लभ र बैरागी काइँलाहरू साहित्यमा । उनी भर्खरै नेपालमा शाही नेपाल चलचित्र संस्थानको तेस्रो कथानक उत्पादन ही
जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करिब ५० वर्षीया महिलामाथि जबरजस्ती करणी गरी फरार पुतलीबजार नगरपालिका–४ का २६ वर्षीय अजय परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
बागलुङ जिल्लाको सुदूरपश्चिममा अवस्थित ढोरपाटन अहिले आन्तरिक पर्यटकको रोजाइमा परेको छ । करिब २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो पाटन समुद्री सतहबाट दुई हजार सात सयदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । हरिया पहाडको बिचमा समथर पाटन रहेको यो ठाउँ आधुनिक विकासका गतिविधिबाट कम प्रभावित भएको हुँदा यहाँको प्राकृतिक सुन्दरतालाई बचाइराख्न सकिएको छ । सानाठुला गरी २४ वटा मानवबस्ती रहेको यो पाटनमा झन्डै एक हजार सात सय घरधुरी परिवारको बसोबास रहेको छ । यहाँका मुख्य बा
कुनै बेला पुरास (भोट) जान बझाङ र दार्चुलाको उत्तरी सीमा पार गर्नु पथ्र्यो । पुर्खाहरू १२/१४ दिन नाक छुने उकालो पैदल हिँडेर भोट पुग्थ्ये । नुन र उनको गरुङ्गो भारी बोकेर झन्डै एक महिनाको पैदल हिँडाइपछि घर पुग्थ्ये । पाल्नु चेलो हाट (झुलाघाट, टनकपुर, मण्डी) फाल्नु चेलो भोट भन्ने कथन थियो त्यस बेला । समयले कोल्टे फे¥यो । अहिले त्यस्तो छैन । माल (
जिल्लाको छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरीमा सञ्चालित सम्मुनति कार्यक्रमको वार्षिक समीक्षा बैठकमा सो गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
जसरी रेशमको किराले आफ्नै जालको परिग्रहमा परेर मरेको हुन्छ । त्यसरी नै अज्ञानले मानव चोला आफ्नै परिग्रहमा भौतारी समय नष्ट गरिरहेका हुन्छन् । यो महत्वपूर्ण मानव चोला सचेत प्राणी भइकन पनि अन्य प्राणीले झैँ दुष्कर्म गर्नु मानव जन्म व्यर्थ हुनु हो । सबैभन्दा उपकार, धर्म मनुष्यले गर्ने भए पनि सबैभन्दा अपराध पनि मनुष्यले नै गरिराखेका छन् । बुद्धको वाणी शान्ति उत्कृष्ट ज्ञान
नेपालको पश्चिम तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको महान पर्व माघी (माघ) नजिकिँदै गर्दा थारू बस्तीहरूमा चहलपहल बढ्न थालेको छ ।
शुक्रबारदेखि देशभरका हलमा नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ र हलिउड चलचित्र ‘अवतार’ प्रदर्शनमा आएका छन् । ‘झरीपछिको इन्द्रेणी’ पारिवारिक कथावस्तु रहेको चलचित्र भ्रष्टाचारविरुद्ध लड्ने पात्रको कथावस्तुमा आधारित छ । अर्जुन घिमिरे (पाँडे) चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन र पाँडेलगायतका कलाकारको अभिनय रहेको छ । नागराज इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको चलचित्रको कथा निर्देशक स्वयंले लेख्नुभएको हो । पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको सहकार्य रहेको छ ।
शनिबार गुल्मीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको आयोजनामा पत्रकार र कलाकारबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुन लागेको हो ।