५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेँसीसहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले साढे १७ लाखभन्दा बढीको मोबाइलका सामान बरामद गरेको छ ।
नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ जारी गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि उत्साहित भएका छन् । बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्द्धनका लागि नीति निर्माणको माग गर्दै यहाँको नगरपालिकाका जनप्रतिनिधि चरणवद्ध आन्दोलनमा उत्रिएका थिए ।
भेरी नगरपालिका–११ धुल्यौटाकी २२ वर्षिया सिता विक पूर्ण दृष्टीविहिन अपाङ्गता हुनु हुन्छ । आफु पूर्ण दृष्टीविहिन भएता पनि सिता चाउचाउ, विष्कुट, चक्लेट, कापी, कलम, मोवाइलको रिचार्ज कार्ड, अगरबत्ति, साबुन, सेम्पो लगायतका सामानहरु लिएर सबैको घरदैलोमा धाउने गर्नुभएको छ ।
चिसो बढेपछि रौतहटको जनजीवन कष्टकर बनेको छ । रौतहट सदरमुकाम गौर, मध्य भाग गरुडा, दुर्गा भगवती, माधवनारायण, गढिमाइ लगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित भएको छ ।
बाराको सिमरा विमानस्थलबाट काठमाडौँका लागि सञ्चालन हुने सबै आन्तरिक हवाई उडान शनिबार रद्द भएका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी पावर (दृश्यता) अत्यन्तै कम हुँदा उडान अवतरण सम्भव नभएपछि सम्पूर्ण उडान स्थगित गरिएको हो ।
नेपाली कांग्रेस वडा सभापति र बागलुङ क्षेत्र नम्बर २ का सहसचिव राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बाग्लुङ नगरपालिका वडा नम्बर २ का पार्टी सभापति अमरबहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको हो ।
धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा गिरावट आएको पाइएको छ । लामो समयदखि परेको अविरल वर्षासँगै आएको हावाहुरीले धान खेतीमा क्षति पुर्याउँदा धान उत्पादनमा गिरावत आएको हो ।
कञ्चनपुर कारागारमा हुँदै आएको बेथिति सतहमा आएको छ । कारागारका कैदिबन्दीहरु नै कारागारमा हुँदै आएको बेथितिविरुद्ध विरोध जनाउँदै कर्मचारी र नाइकेविरुद्ध एकजुट भएपछि कारागारको बेथिति सतहमा आएको हो ।
विकासमा सञ्चार क्षेत्रको एउटा पहल हो– गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स अर्थात् ‘दृढतासहित पुनरुत्थान गोरखापत्र बहस’ । नेपालको आर्थिक पुनरुत्थान, लगानी वातावरण र भविष्यका विकास रणनीति, स्मार्ट पूर्वाधा
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हाम्रा चाडपर्वहरूले भाषा, संस्कृति, रीतिरिवाज र पहिरनलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधतालाई संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
नेपालको आर्थिक बहसमा प्रायः ‘पैसाको कमी’ लाई विकासको मुख्य अवरोधका रूपमा प्रस्तुत गरिन्छ तर विकासमा अवरोध सिर्जना गर्ने मूल कारण पुँजीको अभावभन्दा पनि त्यसको प्रभावकारी परिचालन र निजी क्षेत्रप्रति विश्वासको सङ्कट भएको स्पष्ट देखिएको छ ।
कोशी राजमार्गअन्तर्गत धनकुटाको भेडेटार–चित्रे खण्डमा मालबहाक ढुवानीका साधनको भारबहन मापदण्ड पालना अनुगमनमा कडाइ गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा