भदौ २३ र २४ भएको नवयुवा समूह (जेनजी) आन्दोलनका क्रममा जिल्ला कारागार तनहुँबाट फरार भएका चार जना कैदी/बन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारका कृषि तथा पशुपन्छीमन्त्री डाक्टर मदनप्रसाद परियारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । शुव्रmबार पाँचथरको सदरमुकाम फि
तराईमा विगत केही दिनदेखि ह्वात्तै बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि पश्चिम नवलपरासीमा रामग्राम नगरपालिकाले नगरवासीलाई राहत दिन सक्रियता देखाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधीमा १७१ वटा मुद्दा दर्ता भएको छ । प्रहरीले मङ्सिर महिनामा चालु मुद्दामा १३९ जनालाई पक्राउ गरेको छ ।
मधेश प्रदेश सरकारले स्वास्थ्य सेवातर्फको रिक्त दरबन्दीका लागि लामो समयदेखि विज्ञापन नखोल्दा मधेश प्रदेश लोक सेवा आयोगको कामकाज प्रभावित बनेको छ । प्रदेश सरकारका सम्बन्धित म
यादवहरुको स्वजातीय संस्था गोपाल सेवा समिति लहानले मृत्युभोज न्यूनीकरण गरेर कल्याणकोष बनाउन जागरण अभियान थाल्ने बताएको छ ।
सिन्धुली जिल्लामा २०७२ सालको भूकम्पपछि निर्माण भएका अधिकांश सामुदायिक विद्यालयका भवन सुविधासम्पन्न बनेका छन् । भूकम्पले भत्काएका ती सामुदायिक विद्यालयको भवन पुनर्निर्माणका
प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका व्यक्तित्व बखानसिंह गुरुङलाई केन्द्रमा राखेर लेखिएको ‘बखान’ उपन्यासमाथि समुदायस्तरबाट बहस तथा चर्चा–परिचर्चा सुरु भएको छ । चितवनको इतिहास, बस्ती विकास र स्थानीय तहको पहलमा पहिलोपटक किताबमाथि सार्वजनिक बहस थालिएको हो ।
‘स्मार्ट’ पूर्वाधार विकास एक महत्वपूर्ण नवीनतम अवधारणा हो, जसले मुलुकको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ । विकासको यो अवधारणाले भौतिक संरचना र सेवाहरूको निर्माण, सुधार र व्यवस्थापनलाई समेत समेट्छ । यसले मुलुकको आधारभूत सुविधाहरूमा सुधार गरेर जनताको जीवनस्तर उकास्ने र आर्थिक गतिविधि प्रवर्धन गर्ने उद्देश्य राख्दछ ।
मकवानपुरको दुई गाउँपालिकाले इसाई धर्मावलम्बीहरुले पर्व ख्रिष्टमसको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
ठक्कर दिएर फरार रहेका एक ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको रूपनी गाउँपालिका–६ स्थित विरेन्द्र बजारमा तेल ट्याङ्करको ठक्करबाट गत बिहीबार एक बालकको मृत्यु भएको थियो ।
जनार्जन खत्री सर्लाही, पुस ५ गते । काटेर चिनी मिललाई बिक्री गर्ने ठिक्क बेला भएको उखु आगलागीबाट जलेपछि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवाका किसानले राहत माग गर्न थालेका छन् । गत सोमबार दिउँसो एक्कासी भिषण रुपमा आगलागी फैलँदा रोहुवा गाउँमा लगाइएको ५० बिघा बढीको उखु जलेको थियो । जलेको उखु खेतीको निरीक्षण गर्न आउनेहरुसँग किसानले राहतको माग गरेका हुन् । उखु किसान एवम् गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले मूल्य घटाएर भए पनि जलेको उखु किनिदिन चिनी मिलहरुसँग निरन्तर आग्रह गरिरहेको बताउनुभयो । आगलागीबाट जले पनि उखुमा अझै चिनीको केही मात्रा बाँकी रहेकाले बरु कम मूल्य दिएर भए पनि उखु किनिदिन इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहलाई अनुरोध गरिरहेको अगुवा उखु किसान यादवले बताउनुभयो । इन्दुशङ्कर चिनी उद्योगले रोहुवा क्षेत्र महालक्ष्मी चिनी उद्योगको मिलगेटभित्र पर्ने भएकाले सोही उद्योगसँग सम्पर्क राख्न किसानसँग आग्रह गरेको छ । यो वर्षका लागि उखु क्रसिङ सुरु गर्न धमाधम चलान (उखु ल्याउने अनुमति पत्र) बाँडिरहेको महालक्ष्मीलाई आगलागीबाट जलेको उखुको मूल्याङ्कलन गरी किनिदिन अनुरोध गरिरहेको नगरप्रमुख यादवको भनाइ छ । उहाँले अब यही पुसमा हुने विशेष नगरसभाबाट पीडित किसानलाई केही राहत प्रदान गर्ने सोँच रहेकोसमेत बताउनुभयो । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार आगलागी भएको उखु खेतीको निरीक्षण गर्दै चिनी मिलले पीडित किसानलाई केही रकम दिएर उखु खरिद गरिदिए सङ्घीय सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यमा बाँकी हुने पैसा प्रदेश सरकारबाट प्रदान गर्ने आश्वासन दिनुभएको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री जङ्गीलाल राय, प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंह, फकिरा महतोसहितलाई लिएर आगलागी भएको उखु खेतीको निरीक्षण गर्न पुग्नुभएका मुख्यमन्त्री यादवले पीडित किसानलाई मार पर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ठुलो क्षेत्रफलको उखु खेतीमा आगलागी हुनुको कारण अझै प्रष्ट हुन सकेको छैन । सुरुमा बिजुलीको तारबाट करेन्ट सर्ट भएर आगलागी भएको आशङ्का गरिएको थियो, तर नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले घटनास्थलमा रहेको विद्युतीय संरचनाको प्राविधिक विश्लेषण, घटनाको प्रकृति तथा स्थानीय प्रत्यक्षदर्शीको भनाइ विश्लेषण गर्दा विद्युतको तार सर्ट नभएको दाबी गरेको छ । घटना भएको पाँच दिन बितिसक्दा पनि प्रहरीले आगलागीबाट कति क्षेत्रफलको उखु खेतमा क्षति पुग्यो भन्ने एकिन विवरण सङ्कलन गरेको छैन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् डिएसपी सरोज राईले आगलागीको वास्तविक विवरण सङ्कलन गर्नै बाँकी रहेको बताउनुभएको छ ।