विगत चार महिनादेखि निरन्तर ओरालो लागिरहेको पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य सुधार आएको छ ।
नेपालमा बसाइसराई गरेर आउने हिउँदे आगन्तुक जलपक्षीको गणना सुरु भएको छ । राष्ट्रव्यापी रूपमा शनिबारबाट जलपक्षीको गणना सुरु भएको हो ।
सन् २०२५ मा मुस्ताङमा एक लाख भारतीय धार्मिक पर्यटक पुगेका छन् । हिन्दु धर्मालम्बीहरूको आस्थाको केन्द्र प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा बढेको छ ।
लालबन्दी बजार क्षेत्रमा भएका चोरीको घटनामा संलग्न थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विगत केही महिनादेखि घरमा मानिस नभएको मौकामा ताल्चा फोडेर चोरी गर्ने गिरोहका सदस्यमध्येका महोत्तरीको औरही नगरपालिका–२, बस्ने २४ वर्षीय रविन महतोलाई लालबन्दी प्रहरीले पक्राउ गरेको हो ।
जेनजी आन्दोलनपछि तस्करी, अवैध आयात निर्यात र लागुऔषधविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले तीन महिनाको अवधीमा एक करोड आठ लाख रुपियाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।
घोराही–तुलसीपुर चोरलेन सडक विस्तारका क्रममा सडक सिमाभित्र पर्ने विद्युत पोल व्यवस्थापनको काम सुरु भएको छ ।
नेपाल बार एशोसिएसनका केन्द्रीय अध्यक्ष विजय मिश्रले समयमा निर्वाचन गराउन नसके फागुन २२ पछि मुलुकलाई संसदविहीन राख्न नमिल्ने बताउनुभएको छ ।
झापाको कनकाई नगरपालिका ४ कनकाई पुलको पूर्वीभागमा बम जस्तो देखिने बस्तु फेलापरेपछि अहिले उक्त क्षेत्रलाई सिल गरेको छ ।
। हस्तान्तरण भएको आठ महिना र उद्घाटन भएको तीन महिना बित्न लाग्दा पनि नवनिर्मित राजविराज बसपार्क सञ्चालनमा आउन सकेको छैन । बसपार्कसम्म पुग्ने बाटो जीर्ण भएको, अ
सरस्वती माध्यमिक विद्यालय रामपुर नगरपालिका–२, स्वामी भञ्ज्याङ्गमा विद्यार्थीलाई न्यानो कपडासँगै विद्यालयलाई पुस्तक प्रदान गरिएको छ ।
विगतका वर्षको तुलनामा यस वर्ष अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको भेडेटारमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या घटेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षि
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ जिल्लामा एक सय ४२ किलोमीटर दूरी छ । त्यसमध्ये २५ किलोमीटर कालोपत्र भएको छैन । झण्डै ४० किलोमीटर कालोपत्र भएपनि जीर्ण र खाल्डैखाल्डाले जोखिमपूर्ण बनेको छ ।
चितवनको माडीमा रहेको परवीखोलाकिनारका चेपाङ बस्तीलाई नमुना बस्ती निर्माण गर्न प्राविधिकहरू खटिएका छन् । यसका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राविधिक खटिएका हुन् ।
म्याग्दीको बेनी नगरपालिका–६ का व्यवसायीक गाइपालक किसान दिनेश खत्रीको घरमा पालिएको गाईको पेटबाट धातुका टुक्रा तथा भारतीय रुपियाँको सिक्का निकालिएको छ ।
विसं २०३६ को विद्यार्थी आन्दोलन नेपालको राजनीतिक इतिहासमा एक महत्वपूर्ण घटना थियो । पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएको विरोधमा पाकिस्तानी दूतावासमा नेपाली विद्यार्थीले विरोधपत्र बुझाउन जाने क्रममा भएको झडपको बहानामा सुरु भएको विद्यार्थी आन्दोलनले विस्फोटक रूप लियो– २०३६ साल जेठ ९ गते । केही विद्यार्थी नेतालाई कालोमो