नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्था बारेमा काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिलगायतसँग अन्तरक्रिया गरी राय लिनुभएको छ ।
भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्मका लागि माधव नारायण मेला एवं व्रत सुरु भएको छ । उक्त मेला नेपाल संवत्को आठौँ शताब्दीमा प्रारम्भ भएको विश्वास छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चार माध्यममा काम गर्नेहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु पर्ने बताउनुभएको छ ।
सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पक्षीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा आजदेखि जल पंछी गणना सुरु गरिएको छ ।
बागलुङको पर्यटकीयस्थल ढोरपाटन उपत्यका जोड्न म्याग्दी तर्फबाट छोटो दूरीको सडक सञ्चालनमा आएको छ । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना–खोरीया–मरेनी–जलजला–गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडक सञ्चालनमा आएको हो ।
सल्यानको कपुरकोट गाउँपालिकाले सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा जीवनज्योति नमुना माध्यमिक विद्यालय, कपुरकोट –५ रिमले पहिलो स्थान हाँसिल गर्न सफल भएको छ ।
प्रत्येक चौमासिकमा पालिकाले प्रवाह गरेका सेवाका बारेमा सार्वजनिक सुनुवाइ गर्नु पर्ने प्रावधान छ । तर इस्मामा भने पछिल्लो निर्वाचित जनप्रतिनिधि आएपछि सार्वजनिक सुनुवाइ नै नभएको पाइएको छ ।
सदरमुकाम बेनीमा ‘११औँ माघे सङ्क्रान्ति मेला’ तथा ‘खाना महोत्सव एवं कृषि मेला’ आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुलामञ्चमा मेलाको आयोजना गरिनेछ ।
रौतहट सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालय खारेजको विरुद्धमा उद्योग वाणिज्य सङ्घ रौतहटद्वारा जारी आन्दोलनको सबै कार्यक्रम फिर्ता भएको छ ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाका १७४ जनाको आँखा परीक्षण, उपचार तथा २६ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ ।
झापा कन्काई नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईखोला पुल नजिक शनिबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
सवारी दुर्घटनापछि नौ वर्षदेखि फरार रहेका ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ ।
कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति पुगेको छ । दोधारा चाँदनी नगरपालिका–६ का स्थानीय व्यवसायी रमेश औजीको लक्ष्मी पशुपन्छी फर्मका दुई वटा कुखुरा फर्ममा शुक्रबार राति करिब १ बजे आगलागी भएको हो ।
रौतहटको चन्द्रपुर वडा नं. ४ मा बेवारिसे अवस्थामा शव फेला परेको छ । चन्द्रपुर –४ पूर्व पश्चिम राजमार्गबाट अन्दाजी ४० मिटर दक्षिण भित्री सडक खण्डमा शनिबार बिहान पुरुष व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको हो ।