नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नकेपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच मोर्चाबन्दी हुनसक्ने बताउनुभएको छ ।
नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
इजरायली सेनाले दक्षिण लेबननमा शान्ति सैनिकको नजिक दुई पटक गोली चलाएको भन्ने कुरा संयुक्त राष्ट्र अन्तरिम फोर्स इन लेबनन (युनिफिल)ले शुक्रबार जनाएको छ ।
भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने अभियानका क्रममा भारतीय सुरक्षा बलले शनिबार दुई झडपमा १४ जना माओवादी विद्रोही लडाकुको हत्या गरेको प्रहरीले जनाएको छ ।
लहान नगरपालिका उत्तरी भेगमा पर्ने वडा १६ आरी दमारमा शुक्रबार राति प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले स्थानीयहरू त्रसित भएका छन् ।
अमेरिकाको एरिजोनाको पहाडी क्षेत्रमा शुक्रबार एक निजी हेलिकाेप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पिनल काउन्टी शेरिफको कार्यालयले सामाकिस सञ्जाल फेसबुकमा राज्यको राजधानी फिनिक्स नजिकैको सुपीरियर सहर नजिकै हेलिकप्टर दुर्घटना भएको बताएको छ ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठुलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताउनु भएको छ ।
युक्रेनले शनिबार आफ्ना प्रमुख सुरक्षा साझेदार देशका सुरक्षा सल्लाहकारसँग महत्त्वपूर्ण वार्ता आयोजना गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको एक महिना लामो दबाब अभियानपछि शनिबार राजधानी काराकासमा विस्फोट भएको उल्लेख गर्दै भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई गम्भीर सैन्य आक्रमण गरेको आरोप लगाएको छ ।
अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् ।
भेनेजुएलाले अमेरिकालाई नागरिक तथा सैनिक क्षेत्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ। विस्फोट करिब ३० मिनेटको अन्तरालमा भएका थिए। केही क्षेत्रमा बिजुली गएको थियो, तर सडकमा सवारी साधनहरू सामान्य रूपमा चलिरहेका थिए।
मानव अधिकार अभियन्ता तथा युवा नेता राहुल केसी आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवारी दिने तयारीमा जुट्नु भएको छ।
गोरखापत्रकर्मी दोलखा समाचारदाता बाबुराम शर्मा पुरस्कृत हुनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चितवनको भरतपुर महानगरपालिका–१० मा निर्माणाधीन राष्ट्रिय समाचार समितिको केन्द्रीय तालिम केन्द्रको आज अवलोकन तथा निरीक्षण गर्नुभएको छ । राससले ‘एकेडेमिक सेन्टर’ का रुपमा विकास गर्ने लक्ष्यअनुरुप तालिम केन्द्रको निर्माण सुरु गरेको जनाएको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले झापाले क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको छ ।