• २० पुस २०८२, आइतबार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

साङ्केतिक तस्बिर

बोमलाल गिरी

नवलपुर, पुस १९ गते। नवलपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी नवलपुरको मध्यविन्दु–११, कुसन्डे निवासी ६९ वर्षीय दल सिंह थापाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरीका कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ अनुसार मध्यविन्दु-१०, अरुणखोलाको अरुणखोला सामुदायिक वनबाट कटान गरेको दाउरा लोड गरेको लु. ४ त. ६२९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

ट्याक्टरको ट्रली अचानक पल्टिन गई दुर्घटना हुन जाँदा लोड गरेको मुडा माथि सवार थापा गम्भिर घाइते भई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल ल्याएको थियो।

उहाँलाई अस्पतालका चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए। ट्याक्टर र ट्याक्टर चालक ३९ वर्षीय गणेश बागबललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।