• २१ पुस २०८२, सोमबार

कङ्गोमा विद्रोही आक्रमण, १४ जनाको मृत्यु

blog

बेनी, कङ्गो, पुस १४ गते । अफ्रिकी मुलुक कङ्गोमा इस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकै साथ आक्रमण गरी कम्तीमा १४ जनाको हत्या गरेका छन् । उत्तर-पश्चिम नर्थ किभु प्रान्तमा राति सात किलोमिटरको क्षेत्रमा विद्रोहीले हमला गरेको स्थानीय नेता माकाएर सिभिकुनुलाले बताउनु भयो । 

उहाँले भन्नुभयो, “तीन गाउँमा एकसाथ हमला भयो। राति ८ बजेदेखि १० बजेसम्म गोलीबारी भयो । १५ जनाको मृत्यु भयो र १३ घर जले ।” स्थानीय बासिन्दाले पनि यस आक्रमणलाई पुष्टि गरेका छन् । सेनाले दुई जना सैनिकको पनि मृत्यु भएको जनाएको छ ।

यो समूह प्रारम्भमा युगान्डाका पूर्व विद्रोहीले गठन गरेका थिए र १९९० दशकदेखि उत्तरपूर्वी कङ्गोमा सक्रिय छन् । यसले हजारौँ सर्वसाधारणको हत्या गरिसकेको छ । सन् २०२१ देखि युगान्डाका सैनिक कङ्गोको सेनासँग मिलेर यस समूहविरुद्ध लडेका छन्, तर हिंसा रोक्न सफल भएका छैनन् । विद्रोही प्रायः असहाय नागरिकमाथि हमला गर्छन् र त्यसपछि जङ्गलतर्फ भाग्छन् । रासस/एएफपी