• २० पुस २०८२, आइतबार

अमेरिकी सेनाका अनुसार कम्तीमा १०७ जनाको मृत्यु

भेनेजुएलामा श्रुङ्खलाबद्व विस्फोट : आपतकालको घोषणा

blog

गेट्टी इमेज

काराकास (भेनेजुयला), पुस १९ गते । राष्ट्रपति डोनाल्ड ट्रम्पको एक महिना लामो दबाब अभियानपछि शनिबार राजधानी काराकासमा विस्फोट भएको उल्लेख गर्दै भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई गम्भीर सैन्य आक्रमण गरेको आरोप लगाएको छ ।

फक्स न्यूज र सिबिएस न्यूज लगायत अमेरिकी मिडियाहरूले संयुक्त राज्य अमेरिकाले क्यारिबियन देशमा सैन्य आक्रमण गरिरहेको रिपोर्ट गरेका छन् ।

ह्वाइट हाउस र पेन्टागनले भने आक्रमणको बारेमा हाल सम्म कुनै टिप्पणी गरेका छैनन् ।

विस्फोट, सहरमा उड्ने विमानहरूको आवाजसँगै, उस्तै सुनिने गरी  शनिबार राति २ बजेदेखि भएको एएफपीले जनाएको छ । 

राजधानीको उत्तरमा रहेको ला गुइरामा पनि विस्फोटको आवाज सुनिएको जनाइएको छ  जहाँ काराकासको विमानस्थल र बन्दरगाह अवस्थित छ ।

“भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मादुरोको सरकारले भेनेजुएलाको भूभाग र जनता विरुद्ध संयुक्त राज्य अमेरिकाको वर्तमान सरकारले गरेको गम्भीर सैन्य आक्रमणलाई भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदाय सामु अस्वीकार, र निन्दा गरेको जनाएको छ ।

आक्रमण पछि उहाँले मुलुकमा आपतकालकोसमेत घोषणा गरिसकेको बताइएको छ ।  

छिमेकी कोलम्बियाका राष्ट्रपतिले आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्र सङ्घको आपतकालीन बैठक बोलाउनु भएको छ । 

वामपन्थी नेता गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्समा भेनेजुएलामा भएको आक्रमणको बारेमा सम्पूर्ण विश्वलाई सचेत गराइरहेको जनाइएको छ । 

अहिले पनि मेसिन गन जस्तो धेरै विस्फोट र गोली चलेको आवाज सुनिरहेको अधिकारीहरूलाई उदृत गर्दै एएफपीले  बताएको छ ।  

 स्थानिय बासिन्दाहरूका अनुसार सहरका केही भागहरूमा आक्रमण पछि बिजुली काटिएको छ ।

सुरुमा लागु औषध तस्करी विरोधी अभियानको रूपमा प्रस्तुत गरेको क्यारिबियनमा विमान वाहक र लडाकु विमान तैनाथ गर्ने ट्रम्पले भेनेजुएलाको भूमिमा बारम्बार आक्रमण गर्ने धम्की दिएको जनाइएको छ ।  

 यस अघि सोमबार ट्रम्पले अमेरिकाले भेनेजुएलाका कथित लागु औषध डुङ्गाहरू आक्रमण गरी नष्ट गर्ने बताउँदै नियन्त्रण अभियानको पहिलो प्रयास आक्रमण हुने बताउनु भएको थियो  । 

मादुरोले भने आक्रमणको पुष्टि तथा अस्वीकार नगरी बिहीबार वासिङ्टनसँगको सहकार्यका लागि खुला रहेको बताउनु भएको थियो । 

ट्रम्प प्रशासनले भने मादुरोलाई लागु औषध ओसार पसारको नेतृत्व गरेको आरोप लगाएको छ । मादुरोले लागु औषध कारोबारमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै वासिङ्टनले आफुलार्ई सत्ताच्युत गर्न खोजिरहेको बताउनु भएको छ । 

 वासिङ्टनले पछिल्लो समयमा अनौपचारिक रूपमा भेनेजुएलाको हवाई क्षेत्र बन्द गरी थप प्रतिबन्ध लगाएको छ र भेनेजुएलाको तेलले भरिएका ट्याङ्करहरू जफत गर्न आदेश दिएको छ ।

अमेरिकी सेनाले सेप्टेम्बर देखि क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा डुङ्गाहरूमा धेरै आक्रमणहरू गरेको छ, जसलाई वासिङ्टनले लागु औषध तस्करहरू भनेको छ ।अमेरिकी सेनाका अनुसार आक्रमणमा कम्तीमा १०७ जनाको मृत्यु भएको छ । रासस /एएफपी