• २० पुस २०८२, आइतबार

गोरखापत्रकर्मी शर्मा पुरस्कृत

blog

पुरस्कार लिनुहुँदै गोरखापत्रकर्मी बाबुराम शर्मा ।

दोलखा, पुस १९ गते । गोरखापत्रकर्मी दोलखा समाचारदाता बाबुराम शर्मा पुरस्कृत हुनु भएको छ । 

सदरमुकाम चरीकोटमा आयोजित जिल्ला सहकारी सङ्घको २० औँ वार्षिक साधारणबाट नगदसहित गोरखापत्रकर्मी शर्मा पुरस्कृत हुनु भएको हो । 

जिल्लाका सहकारी अभियानका सकारात्मक कामलाई सशक्त ढङ्गले उठान गरी प्रकाशन, प्रसारण गर्दै नागरिकमा सहकारी सम्बन्धी सचेतना जगाएर सहकारी अभियानको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान गरेवापत सो योगदानको उच्च मूल्याङकन गरी पुरस्कृत गरिएको प्राप्त प्रशंसापत्रमा उल्लेख छ। 

उक्त कार्यक्रममा उत्कृष्ठ व्यवस्थापकमा भेषबहादुर मिजार, पूर्व सञ्चालकमा रूपा भुजेल, सहकारी अभियान्ता जगत सुवेदी, महिला कर्मचारी मल्लिका घिमिरे, पुरुष कर्मचारी रामबहादुर खत्री, नियमित बचत कारोबारमा जनचेतना बचत तथा ऋण सहकारी संस्थाली र उद्यमी व्यवसायमा भीमेश्वर बहुउद्देश्यीय सहकारीलाई पनि सम्मान गरिएको छ ।