• १९ पुस २०८२, शनिबार

संसदविहीन मुलुकको कल्पना संविधानले गरेको छैन : अध्यक्ष मिश्र

blog

पुस्तकालयको उद्घाटन गर्नुहुँदै नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता हिम्मत सिंह तथा अतिथिहरू । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), पुस १९ गते ।
नेपाल बार एशोसिएसनका केन्द्रीय अध्यक्ष विजय मिश्रले समयमा निर्वाचन गराउन नसके फागुन २२ पछि मुलुकलाई संसदविहीन राख्न नमिल्ने बताउनुभएको छ ।

उच्च अदालत बार एशोसिएशन राजविराजको माथिल्लो तल्लामा पुस्तकालयको उद्घाटन तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष मिश्रले संसदविहीन मुलुकको कल्पना संविधानले नगरेको हुनाले संविधानमा रक्त सञ्चालका लागि संसद आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुुभयो, ‘‘संसद नभएको बेला जनताको छोराछोरीको बोल्ने ठाउँ छैन । जेनजीले गरेको आन्दोलनको फाइदा अर्को पक्षले लिएको छ । संविधान संशोधन गरेर उतिखेरै भ्रष्टाचार विरोधी सुशासन पक्षको कुरा संसद विघटन नगरिकन संविधानमा राख्न सकिएको भए आज मुलुकको अवस्था बेग्लै हुने थियो । एकातिर संसद विघटन गर्यो । अर्को तिर माग सम्बोधन गर्ने वैधानिक स्टक्चर भएको छ ।’’

उहाँले भन्नुभयो, ‘‘मुलुक दुर्भाग्यपूर्ण अवस्थामा छ । त्यसैले तोकिएको समय निर्वाचन गरेर मुलुकलाई निकास दिन आवश्यक छ ।’’

संसदविहीन राख्न संविधानमा कहि कतै नभएकाले निर्वाचनको मितिपछि संसदविहीन नेपाल बार एशोसिएनलाई मान्य नहुने उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्व निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले किताब पढ्ने र किताब लेख्ने बानी हराइ रहेको बेला नेपाल बार एशोसिएशनले स्थापना गरेको यो पुस्तकालयले कानुन व्यावसायिलाई अध्ययन गर्न थप उर्जा मिल्ने, पढ्ने र लेख्ने वातावरणको श्रृजना हुने बताउनुभयो ।

पुस्तकालयको उद्घाटन प्रमुख अतिथि मिश्र तथा सप्तरीका वरिष्ठ पत्रकार हिम्मत सिंहले संयुक्त रूपमा गर्नुभएको थियोे ।

कार्यक्रममा उक्त अवसरमा विद्यावारिधी प्राप्त गर्नु हुने पूर्व निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव, वरिष्ठ अधिवक्ता देव नारायण यादव, डा. शिव नारायण यादव, डा.ललितकुमार यादव, डा.सर्वेश चन्द्र मिश्र, डा.हेमकुमार मिश्र, डा चिरञ्जिवी लाल देव र सन्तोषकुमार चमनलाई सम्मान गरिएको थियोे ।

त्यसैगरी सप्तरी जिल्लामा रहेर साहित्यकार तथा लेखक ध्रुव कुमार भूजेल, मञ्जु श्रेष्ठ, डा. पिताम्बर लाल यादव, रामकृष्णप्रसाद श्रेष्ठलाई सम्मान पत्र दिई र दोसल्ला ओढाई सम्मान गरिएको राजविराज उच्च बार एशोसिएसनका सचिव दानो चौधरी जानकारी दिनुभयो ।

कार्यक्रममा २०८२ पुस ७ गते बार दिवसको अवसरमा रक्तदान गर्ने १० जना रक्त दातालाई प्रमाण पत्र र डोनर कार्ड वितरण गरिएको थियो । साथै स्व. प्रा. हरिकान्त दास तथा मुक्ति नाथ मण्डललाई मरणोपरान्त सम्मान गरिएको थियोे ।

राजविराज उच्च अदालत बार एशोसिएशन अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उच्च अदालत जनकपुर राजविराज इजलासका वरिष्ठ न्यायाधीश सुभास पौडेल, पूर्व अध्यक्ष हेमनारायण चौधरी वरिष्ठ अधिवक्ता रामजी साहलगायतले आआफ्ना धारणा राख्नुभएको थियोे ।