लगातारको शीतलहरका कारण सबैभन्दा बढी मुसहर समुदायको जनजीवन कष्टकर बन्दै गइरहेको छ । शीतलहरले दिउँसो कमाएर राति राखे यस समुदायलाई न्यानो लुगा र हातमुख जोड्न समस्या भएको छ ।
तीन जिल्लाका स्थानीय तहले एक अर्को स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चितवनको कालिका नगरपालिकाले पूर्वी चितवनको पदमपुरमा आयोजना गरेको समन्वयात्मक बैठकमा चितवन, धादिङ र मकवानपुर गरी तीन जिल्लाका नौ वटा स्थानीय पालिका प्रमुखले एकै प्रकारका समस्यासँग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) को काँकरभिट्टा–लौकही सडकखण्ड विस्तारमा निर्धारित लक्ष्य अनुसार प्रगति हुन सकिरहेको छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा गत दस दिनदेखि भिडियो एक्सरे सेवा बन्द रहेको छ ।
सप्तरी जिल्ला अदालत राजविराजबाट विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरी अदालतमा दाखिला गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराले प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट ११ जनाको नाम प्रदेशमा सिफारिस गरिएको छ ।
नेकपा (एमाले) बागलुङले बागलुङ क्षेत्र नं. १ मा तीन जना र क्षेत्र नं. २ मा एक जनाको नाम सिफारिस गरेको छ ।
पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्गको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । राजमार्गको आँबुखैरेनीदेखि पोखरासम्म ८० किमी सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी दुई खण्डमा गरिँदै छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नैनो गाउँका एक वर्षीय ल्हाक्पा धोका गुरूङका श्वासप्रश्वासमा सङ्क्रमण देखिएपछि ४२ वर्षीया आमा ढिकी गुरूङले गाउँमा आयोजित घुम्ती स्वास्थ्य शिविरमा ल्याउनुभएको छ ।
बागलुङको माथिल्लो भेगमा अत्यधिक चिसो बढेपछि बालबालिकासहित शिक्षकशिक्षिका पनि बेँसी झरेका छन् । ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाका झन्डै ५५० बालबालिका घुम्ती शिक्षाका लागि बेँसीमा झरेका हुन् । चिसोका कारण माथिल्लो भेगका विद्यालय बन्द छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) रौतहटले क्षेत्र नं. ४ बाट पार्टीका केन्द्रीय सदस्य तथा महिला नेत्री आरती भण्डारीको नाम सिफारिस गरेको छ ।
हरेक नेपालीलाई स्वास्थ्य बिमामार्फत औषधी उपचार गर्न सरकारले बिमा कार्यक्रम ल्याए पनि यसको पहुँच सर्वसाधारणमा अझै पुग्न नसक्दा धेरै जनता यसबाट वञ्चित छन् । हालसम्म पूर्वी नवलपरासीमा कुल जनसङ्ख्याको ४७.३९ प्रतिशत नागरिक स्वास्थ्य बिमामा समेटिएका छन् ।
साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिनुभएको छ । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।