आगामी फागुन २१ गतेको हुने निर्वाचनका लागि स्याङ्जाको एकै वडामा तीन जना समानुपातिक सूचीमा परेका छन् । जिल्ला भित्रै विभिन्न पार्टीबाट सात जनाको सिफारिस हुँदा यहाँ एकै वडाका तीन जना परेका हुन् ।
बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा मृत्यु भएका छ जनामध्ये चार जनाको पहिचान खुलेको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम दिइएको छ ।
यहाँको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा जनश्रमदानमार्फत सरसफाइ गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नवलपुरका दुई निर्वाचन क्षेत्रबाट १० जना उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ ।
जुम्लामा झन्डै पाँच सय जना अट्ने क्षमताको बहुउद्देश्यीय सभा हल निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ । तत्कालीन जिल्ला विकास समितिका संरचना जीर्ण भइरहेका समयमा कार्यालय भवनसहित नयाँ बहुउद्देश्यीय सभा हल निर्माण भइरहेको हो ।
लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ ।
गत दुईसाता यता बाँकेमा सुरु भएको शीतलहर र हुस्सुका कारण चिसो अत्याधिक बढेको छ । शीतलहरले गर्दा चिसो धेरै बढेपछि यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ ।
कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।
जुम्लाको सिँजा उपत्यकास्थित खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्र संरक्षण नगरिँदा इतिहासका कतिपय तथ्य सङ्कटपूर्ण अवस्थामा पुगेका छन् । उचित संरक्षण र उत्खननको अभावमा इतिहास नै नरहने अवस्थामा पुगेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।
आँधीखोला गाउँपालिका– ६ फापरथुम स्याङ्जामा साहित्यिक तथा वैचारिक गोष्ठी र पुस्तक विमोचन गरिएको छ । आनन्दआश्रम ज्ञान केन्द्रले ३५ औँ अध्यायमा संस्थाका सदस्य हिमलाल पुरीद्वारा रचित कवितासंग्रह ‘आक्रोश’को विमोचन गरिएको हो । पुस्तकको वरिष्ठल साहित्यकार विश्वप्रेम अधिकारीले गर्नु भएको हो ।
जुम्लाका नागरिकले विकासनिर्माणमा सक्रिय रहने र जनताको आवाज बोकेर संसद्सम्म पु¥याउने व्यक्तिलाई आगामी निर्वाचनमा भोट दिने बताएका छन् । विगतका निर्वाचनका अनुभव र जनप्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक नागरिक सचेत र जिम्मेवार निर्णय गर्न चाहेको देखिन्छ ।