नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ०२ पैसा र बिक्रीदर १४४ रुपियाँ ६२ पैसा तोकिएको छ ।
नेपाल सरकारले साउदी अरब जाने नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले बेहोर्ने गरी श्रम समझदारी (एमओयु) को तयारी गरेको छ । नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र साउदी सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच आगामी जनावरी २५ र २६ तारिखमा साउदी अरबमा हुन लागेको
बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान बुझेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री ओलीको जवाफ लिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । देशभर अत्यधिक चिसो बढेको भन्दै मन्त्रालयले यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको हो ।
न्यायालयमाथि नियोजित प्रहार हुन थालेको भन्दै त्यसप्रति प्रेस जगत्ले समान चासो र चिन्ताका रूपमा हेर्नुपर्ने समय आएको बताइएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यस पटक त्यो सम्भव हुन नसकेको बताउनुभएको छ ।
सल्यानमा दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । “कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पना व्यवसायीकरणद्वारा आर्थिक उन्नति गर्दै समृद्ध समाजको स्थापना” भन्ने मूल नारासाथ सल्यानको श्रीनगरमा पुस २५ देखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को कर्मचारी हुँ भन्दै ठगी गर्ने एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ।
कैलालीको चुरे गाउँपालिका –२ खैरालास्थित सामुदायिक वनमा पदाधिकारीकै मिलेमतोमा वन फडानी भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ ।
एक्काइसौँ शताब्दीको पहिलो २५ वर्ष हामीबाट बिदा भइसकेको छ । विगत वर्षहरूमा झैँ अन्तर्राष्ट्रिय राजनीति, द्वन्द्व र जलवायु परिवर्तनसँगै सन् २०२५ मा पनि सूचना प्रविधि चर्चाको शिखरमा रह्यो । विशेषगरी कृत्रिम बौद्धिकता (एआई) मा थपिएका नयाँ आयाम, यसको असर र यसबारे गरिएका भविष्यवाणी रोचक रहे ।
यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी) का कम्तीमा ८० सैनिकहरू साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाइँ र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले आइतबार एएफपीसँग बताएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा महावीर पुनले मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको सुमो दुर्घटनामा छ जनाको मृत्यु भएको छ।